बुधबार, असार ३१ गते २०८३    
बुधबार, असार ३१ २०८३

लगातार घटिरहेको सेयर बजारमा देखियो सामान्य सुधार तर कारोबार रकम एकअर्ब पनि पुगेन

सोमबार, चैत २७ २०७९
लगातार घटिरहेको सेयर बजारमा देखियो सामान्य सुधार तर कारोबार रकम एकअर्ब पनि पुगेन

काठमाडौं- गएको सातादेखि नै लगातार घटिरहेको सेयर बजारमा यो साताको दोस्रो कारोबारमा सामान्य सुधार देखिएको छ। गएको साता समग्रमा ४५ अंक र यो साता पहिलो कारोबारमा २८.३१ अंकले घटेको बजारमा सामान्य सुधार देखिएको हो।

सोमबार ५.५४ अंकले बढेर बजार १८४४.०२ बिन्दुमा पुगेको छ। १ सय ३२ कम्पनीको सेयर मूल्य बढेको बजारमा ९१ करोड १९ लाख रूपैयाँकोमात्र कारोबार भएको छ। 

यो साता आइतबार २८.३१ अंकले घटेर बजार १८३८.४८ बिन्दुमा पुगेको थियो। 

कांग्रेसबाट प्रकाशशरण महत अर्थमन्त्री भएयता बजारले गति लिन सकेको देखिँदैन। अर्थमन्त्री महत बजार सुधारका लागि निरन्तर छलफलमा जुेटे पनि बजार सुधार हुन सकेको छैन। लगानीकर्ताले विश्वास गुमाएको बजारमा अझै विश्वस्त हुने आधार नदेखिएको विश्लेषकहरू बताउँछन्। 


प्रकाशित : सोमबार, चैत २७ २०७९०९:२३

प्रतिक्रिया दिनुहोस
कार्यकारी सम्पादक

केदार दाहाल

सूचना तथा प्रसारण विभाग दर्ता नम्बर

२८३८/०७८-७९

© 2026 All right reserved to biznessnews.com  | Site By : SobizTrend