बुधबार, असार ३१ गते २०८३    
बुधबार, असार ३१ २०८३

बीमा प्राधिकरणद्वारा लघुबीमा निर्देशन जारी, व्यवसायको सीमा तोकियो

सोमबार, चैत २७ २०७९
बीमा प्राधिकरणद्वारा लघुबीमा निर्देशन जारी, व्यवसायको सीमा तोकियो

काठमाडौं- नेपाल बीमा प्राधिकरणले लघुबीमा निर्देशन, २०७९ जारी गरेको छ। निर्देशिकासँगै व्यवसायको सीमा तोकेको छ। लघुबीमा व्यवसायको विकास, प्रवर्द्धन तथा व्यवस्थापन गरी बीमामार्फत न्यून आय वर्गको जीवन तथा सम्पत्तिको सुरक्षा गर्न बीमा ऐन, २०७९ को दफा १६६ को अधिकार प्रयोग गरी प्राधिकरणले लघुबीमा निर्देशन, २०७९ जारी गरेको प्राधिकरणले जनाएको छ।

प्राधिकरणले जारी गरेको लघुबीमा निर्देशनअनुसार लघु निर्जीवन बीमा कम्पनीले ५० लाख रुपैयाँ बीमांकसम्मको बीमा गर्न पाउने भएका छन्। त्यस्तै, लघु जीवन बीमा कम्पनीले ५ लाख रुपैयाँभन्दा कम बीमांक भएको बीमा गर्न पाउनेछन्।

लघु निर्जीवन बीमा व्यवसाय गर्ने बीमकले घर, सम्पत्ति तथा व्यवसाय लघुबीमा र इन्जिनियरिङ लघुबीमाको सीमा ५० लाख रुपैयाँ बीमांक तोकिएको छ। दायित्व तथा मौद्रिक क्षति लघुबीमा र अन्य लघुबीमाको सीमा ५ लाख रुपैयाँ निर्धारण गरेको छ।

लघु जीवन बीमा व्यवसाय गर्ने बीमकले आजीवन लघु जीवन बीमा, सावधिक लघु जीवन बीमा, म्यादी लघु जीवन बीमा र अन्य लघु जीवन बीमामध्ये कुनै एक वा एक भन्दा बढी प्रकारका बीमा व्यवसाय गर्न सक्नेछन्।

जीवन लघुबीमालेखको हकमा एक वर्ष वा त्यसभन्दा बढी अवधिको र निर्जीवन लघुबीमाको हकमा एक वर्ष वा त्यसभन्दा बढी अवधिको र निर्जीवन लघुबीमालेखको हकमा एक वर्ष वा त्यसभन्दा कम अवधिका लागि मात्र जारी गर्न सकिने प्राधिकरणले जनाएको छ। बीमा प्राधिकरण निर्देशन अनुसार दाबी भुक्तानीमा भने पारदर्शीता चाहिने देखिएको छ।

बीमकले आफूसमक्ष परेको लघुबीमा दाबीको तत्काल छानबिन गरी दाबी भुक्तानी प्रक्रिया अगाडि बढाउनुपर्नेछ। बीमकले दाबीसम्बन्धी आवश्यक कागजात प्राप्त भएको बढीमा २१ दिनभित्र दायित्व यकिन गरी भुक्तानी गर्नुपर्नेछ। यस्तै, दाबी भुक्तानीसम्बन्धी कुनै विवाद उत्पन्न भएका प्राधिकरणमा ३५ दिनभित्र लिखित उजुरीसमेत गर्न सकिनेछ।

यस्तो छ निर्देशन


प्रकाशित : सोमबार, चैत २७ २०७९०९:०२

प्रतिक्रिया दिनुहोस
कार्यकारी सम्पादक

केदार दाहाल

सूचना तथा प्रसारण विभाग दर्ता नम्बर

२८३८/०७८-७९

© 2026 All right reserved to biznessnews.com  | Site By : SobizTrend