बुधबार, असार ३१ गते २०८३    
बुधबार, असार ३१ २०८३

सेयर बजारमा देखिएन सुधार, साताको पहिलो कारोबारमै ठूलाे गिरावट

बिजनेस न्युज
बिजनेस न्युज
आइतबार, चैत २६ २०७९
सेयर बजारमा देखिएन सुधार, साताको पहिलो कारोबारमै ठूलाे गिरावट

अर्थमन्त्री प्रकाशशरण महत बजार सुधारका लागि निरन्तर छलफलमा जुेटे पनि बजार थामिन सकेको छैन।

काठमाडौं- निरन्तर ओरालो लागेको सेयर बजारमा साताको पहिलो कारोबारमा पनि गिरावट देखिएको छ। निरन्तर ओरालोतिर लागिरहेको बजारमा आइतबार पनि सुधार देखिएन।

गएको साता ४५ अंकले घटेको बजार आइतबार २८.३१ अंकले घटेर १८३८.४८ बिन्दुमा पुग्यो। १५ कम्पनीको मात्र सेयर मूल्य बढेको बजारमा एक अर्ब १५ करोड ९४ लाख रूपैयाँको कारोबार भएको छ। 

गतसाता बुधबार एक दिनको कारबारमा झिनो वृद्धि देखिँदै बजार बढ्ने संकेत देखिएको भए पनि बिहीबार पुनः ओरालो लागेको बजार आइतबार पनि बढ्न नसकेको हो।

अर्थमन्त्री प्रकाशशरण महत बजार सुधारका लागि निरन्तर छलफलमा जुेटे पनि बजार थामिन सकेको छैन।

अहिले १९०० को मनोवैज्ञानिक आधार बिन्दुबाटै बजार ओर्लिएर पुरानै अवस्थामा आइपुगेपछि लगानीकर्ताले विश्वास गुमाएका छन्। 

लक्ष्यअनुसार राजस्व उठ्न नसकेको, सार्वजनिक खर्च बढिरहेको, लगानी खस्कँदै गएको, बाह्य क्षेत्र बिग्रिँदै गएको, बैंक तथा वित्तीय संस्थामा तरलता अभाव, चर्को ब्याजदरलगायत समस्या रहेको अवस्थामा अर्थमन्त्रीले अब लिने निर्णयले पुँजी बजारलाई पनि प्रभाव पार्ने विश्लेषकहरू बताउँछन्। 


प्रकाशित : आइतबार, चैत २६ २०७९०९:२१
प्रतिक्रिया दिनुहोस
कार्यकारी सम्पादक

केदार दाहाल

सूचना तथा प्रसारण विभाग दर्ता नम्बर

२८३८/०७८-७९

© 2026 All right reserved to biznessnews.com  | Site By : SobizTrend