बिहीबार , असार ३२ गते २०८३    
बिहीबार , असार ३२ २०८३

स्वीजरल्याण्ड र रुवान्डासँगको दुईपक्षीय हवाई सम्झौताको फाइल मन्त्रिपरिषद्‌मा

कुवेतसँगको सम्झौता पनि पुनरावलोकन हुँदै

आइतबार, चैत २६ २०७९
स्वीजरल्याण्ड र रुवान्डासँगको दुईपक्षीय हवाई सम्झौताको फाइल मन्त्रिपरिषद्‌मा

हवाई सम्झौता मे वा जुनभित्रै गर्ने गरी सम्पूर्ण तयारी पूरा भएको मन्त्रालयका सहसचिव बुद्धिसागर लामिछानेले जानकारी दिए।

काठमाडौं-  सरकारले थप २ देशसँग दुईपक्षीय हवाई सम्झौता गर्ने भएको छ। संस्कृति, पर्यटन तथा नागरिक उड्डयन मन्त्रालयले स्वीजरल्याण्ड र रुवान्डासँग दुईपक्षीय हवाई सम्झौता गर्ने तयारी अन्तिम चरणमा पुर्‍याएको छ।

हवाई सम्झौता मे वा जुनभित्रै गर्ने गरी सम्पूर्ण तयारी पूरा भएको मन्त्रालयका सहसचिव बुद्धिसागर लामिछानेले बताए। उनका अनुसार दुईपक्षीय हवाई सम्झौताका लागि स्वीकृति लिन फाइल अहिले मन्त्रिपरिषद्‌मा पुगेको छ। त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलसँगै गौतम बुद्ध अन्तर्राष्ट्रिय विमानस्थल र पोखरा विमानस्थलमा समेत उडान गर्ने पाउने गरी हवाई सम्झौता हुन लागेको उनले जानकारी दिए। 

दुवै देशसँग सातामा २८ वटा उडान गर्ने र आधा उडान काठमाडौं बाहिरको विमानस्थलबाट हुने गरी हवाई सम्झौता हुन लागेको मन्त्रालयले जनाएको छ।

यसैगरी मन्त्रालयले कुबेतसँगको पुरानो दुइ पक्षीय हवाई सम्झौता पनि पुनरावलोकन गर्ने भएको छ। कुवेतसँगको हवाई सम्झौता पुनरावलोकनका लागि आवश्यक काम भइरहेको मन्त्रालयले जनाएको छ।

विद्यमान हवाई सम्झौतामा त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा मात्रै उडान गर्ने विषय समावेश छ। तर कुवेतमा जजिराले गौतम बुद्धबाट पनि उडान गरिरहेको हुँदा हवाई सम्झौता पुनरावलोन गर्नुपरेको हो।

साथै पुरानो सम्झौतामा सातामा ७ वटा मात्रै उडान रहेको र त्यसलाई पनि बढाउने गरी पुनरावलोकनको काम भएको मन्त्रालयको दाबी छ। यता कोभिडसँगै रोकिएको फिनल्याण्डसँगको हवाई सम्झौता पनि अझै सुरु भएको छैन।


प्रकाशित : आइतबार, चैत २६ २०७९०५:०८

प्रतिक्रिया दिनुहोस
कार्यकारी सम्पादक

केदार दाहाल

सूचना तथा प्रसारण विभाग दर्ता नम्बर

२८३८/०७८-७९

© 2026 All right reserved to biznessnews.com  | Site By : SobizTrend