बिहीबार , असार ३२ गते २०८३    
बिहीबार , असार ३२ २०८३

जब अवतरणका क्रममा हेलिकप्टरको पंखा उछिट्टियो...

शनिबार, चैत २५ २०७९
जब अवतरणका क्रममा हेलिकप्टरको पंखा उछिट्टियो...

काठमाडौं- काठमाडौंस्थित ह्याम्स अस्पतालको छतमा रहेको हेलिप्याडमा अवतरणका क्रममा एयर डाइनेस्टीको हेलिकप्टर दुर्घटना भएको छ।

बिरामी भएकाे ठाउँ भरतपुर जान डाक्टर लिन आएका बेला अवतरणका क्रममा हेलिकप्टरको पुच्छरतर्फको पंखा उछिट्टिएको हो। हेलिकप्टरको पुच्छरले अवतरणका क्रममा नेटमा छोएका कारण पंखा उछिट्टिएको हो।

पाइलटको मानवीय त्रुटीका कारण उक्त घटना घटेको स्रोतको दाबी छ। हेलिकप्टरमा कुनै प्राविधिक समस्या देखिएको छैन। दुर्घटनामा कुनै मानवीय क्षति पनि भएको छैन।

हेलिकोप्टरमा पाइलट मात्रै थिए। उनी सकुसल छन्। 

 


प्रकाशित : शनिबार, चैत २५ २०७९१०:५०

प्रतिक्रिया दिनुहोस
कार्यकारी सम्पादक

केदार दाहाल

सूचना तथा प्रसारण विभाग दर्ता नम्बर

२८३८/०७८-७९

© 2026 All right reserved to biznessnews.com  | Site By : SobizTrend