मंगलबार, कात्तिक ६ गते २०८१    
images
images

पर्यटकको रोजाइमा बंगलाचुली भ्युटावर

images
बिजनेस न्युज
बिजनेस न्युज
शनिबार, चैत २५ २०७९
images
images
पर्यटकको रोजाइमा बंगलाचुली भ्युटावर

बंगलाचुली मा भ्युटावर, नाचघरलगायत संरचना निर्माणका लागि दुई करोड २९ लाख खर्च भएको बंगलाचुली गाउँपालिकाका पूर्वअध्यक्ष भक्तबहादुर वलीले जानकारी दिए।

images
images

देउखुरी- दाङको बंगलाचुली गाउँपालिकामा बनाइएको भ्युटावर पछिल्लो समय आन्तरिक पर्यटकको रोजाइमा पर्न थालेको छ। जिल्लाको उक्त विकट ठाउँ भ्युटावरका कारण चिनिन थालेको छ। 

images
images
images

घोराही-१५ की सृजना वली पहिलो पटक बंगलाचुली घुम्न पुग्नुभयो। उनले भने, 'बंगलाचुली घुम्न आउँदा मन प्रफुल्लित भयो। घुम्न अन्य जिल्ला जान्छौँ। तर आफ्नै गाउँठाउँका पर्यटकीयस्थललाई प्राथमिकता दिँदैनौँ।' 

तुलसीपुर-१७ की अनिता शर्मा पनि पहिलो पटक बंगलाचुली घुम्न आए। उनले भने, 'यहाँ न गर्मी छ न जाडो, ठिक्कको मौसम छ।' भ्युटावरबाट दाङका साथै छिमेकी जिल्ला प्यूठानका विभिन्न ठाउँका मनोरम दृश्य अवलोकन गर्न सकिन्छ। यहाँसम्म पुग्न सडक कालोपत्र गनुपर्ने शर्मा बताउँछन्।

images

बंगलाचुली मा भ्युटावर, नाचघरलगायत संरचना निर्माणका लागि दुई करोड २९ लाख खर्च भएको बंगलाचुली गाउँपालिकाका पूर्वअध्यक्ष भक्तबहादुर वलीले जानकारी दिए। प्रदेश सरकारअन्तर्गत जिल्ला डिभिजन वन कार्यालयमार्फत आर्थिक वर्ष २०७६/७७ मा ५० लाख र आव २०७७/७८ मा २० लाख, पर्यटन बोर्ड भैरहवामार्फत पाँच लाख तथा गाउँपालिकाको ४५ लाख रूपैयाँ खर्च भएको छ। 

images

बंगलाचुली उद्यान र भ्युटावरलाई व्यवस्थित गर्दै यसलाई आयआर्जनसँग जोड्ने योजना अघि बढाउन आवश्यक छ। बजेट अभावका कारण आवश्यक संरचना निर्माण गर्न नसकिएको बंगलाचुली गाउँपालिकाका अध्यक्ष तुलसीराम पुनको भनाइ छ। 'सहरबजारको कोलाहलबाट मुक्त पाउन आन्तरिक पर्यटक यहाँ आउने गरेका छन्', उनले भने।

स्थानीय तहमा निर्माण गरिएका पर्यटकीय संरचना संरक्षण र व्यवस्थित गर्न संघ र प्रदेश सरकारकको सहयोग आवश्यक रहेको पुन बताउँछन्। बंगलाचुली लेकबाट  कञ्चनजंघा, धौलागिरि, माछापुच्छ्रे लगायतका हिमशृङ्खला देख्न सकिन्छ। चिसो हावापानी, स्वच्छ वातावरण, वरपर देखिने अग्ला पहाडले पर्यटकको मनै लोभ्याउने गर्छ।

दाङ सदरमुकाम घोराही उपमहानगरपालिकाको ट्राफिक चोकदेखि ३० किलोमिटर दूरीको यात्रा गरेपछि बंगलाचुली गाउँपालिका-५ मुर्कुटी बजार पुगिन्छ। मुर्कुटी बजारबाट दुई किलोमिटर कच्ची बाटो पार गरेपछि बंगलाचुली लेक अर्थात् बङ्गाचुली भ्युटावर पुग्न सकिन्छ। रासस 


प्रकाशित : शनिबार, चैत २५ २०७९०९:३४
प्रतिक्रिया दिनुहोस
कार्यकारी सम्पादक

केदार दाहाल

सूचना तथा प्रसारण विभाग दर्ता नम्बर

२८३८/०७८-७९

© 2024 All right reserved to biznessnews.com  | Site By : SobizTrend