बुधबार, असार ३१ गते २०८३    
बुधबार, असार ३१ २०८३

वित्तीय संस्थाबाट किन बाहिरिँदैछन् संस्थापक लगानीकर्ता?

एकसातामै साढे १७ लाख कित्ता संस्थापक सेयर बिक्रीमा

शुक्रबार, चैत २४ २०७९
वित्तीय संस्थाबाट किन बाहिरिँदैछन् संस्थापक लगानीकर्ता?

काठमाडौं- पछिल्लो समय बजारमा धमाधम संस्थापक सेयर बिक्रीमा राखिएको छ। पछिल्लो एक साताकै बीचमा साढे १७ लाख कित्ता संस्थापक सेयर बिक्रीमा राखिएको हो। बैंक तथा वित्तीय संस्थाले संस्थापक सेयर बिक्रीका लागि धमाधम बिक्रीको सूचना जारी गरेका छन्। 

बजार चलायमान नभएर मन्दी आएसँगै संस्थापक लगानीकर्ताहरूले धमाधम बिक्रीको सूचना निकालेका हुन्। पछिल्लो एक महिनामा १ करोड भन्दा बढी संस्थापक सेयर बिक्रीको सूचना आइसकेको छ।

राष्ट्र बैंकको नियमअनुसार संस्थापक सेयरधनीले पहिलो चरणमा संस्थाकपलाई नै सेयर बिक्रीका लागि ३५ दिने सूचना निकाल्नुपर्ने हुन्छ। संस्थापकले खरिद नगरेमा सर्वसाधारण र अन्य लगानीकर्ताले समेत खरिद गर्न पाउने छन्। 

बैंक तथा वित्तीय संस्थाहरूको खराब कर्जा बढ्दै जानु तथा लाभांश कम दिन सक्ने आँकलनले पनि संस्थापकहरू धमाधम बाहिरिएको अनुमान गरिएको छ। अर्कोतर्फ अर्थतन्त्र चलायमान नहुँदा पनि संस्थाकहरूले पैसा जोहो गर्न सेयर बिक्री गर्न थालेको पनि आँकलन गरिएको छ। 

पछिल्लो एक सातामा ६ कम्पनीले संस्थापक सेयर बिक्रीमा ल्याएका छन्। ६ कम्पनीमध्ये सबैभन्दा बढी प्रभु बैंकको १५ जना संस्थापक सेयरधनीले कुल १४ लाख १६ हजार १९५ कित्ता संस्थापक सेयर बिक्रीमा आएको छ। अन्य बैंकको ३ लाख कित्ता गरेर १७ लाख ४९१ कित्ता संस्थापक सेयर बिक्रीमा आएका छन्। कुमारी बैंकको ८ हजार ७१२ कित्ता र नेपाल इन्भेष्टमेण्ट मेगा बैंकको १३ हजार १९९ कित्ता संस्थापक सेयर विक्री खुला गरेका छन्।  

कुनको कति बिक्रीमा ?

  • कुमारी बैंक -  ८१७२
  • नेपाल इन्भेष्टमेन्ट मेगा बैंक -  १३,१९९
  • सूर्योदय वोमी लघुवित्त - ९८,६८३
  • प्रभु बैंक -  १४, १६, १९५
  • महुली लघुवित्त -  १३७०२
  • नबिल बैंक - १,५०,०००

 


प्रकाशित : शुक्रबार, चैत २४ २०७९०५:३३

प्रतिक्रिया दिनुहोस
कार्यकारी सम्पादक

केदार दाहाल

सूचना तथा प्रसारण विभाग दर्ता नम्बर

२८३८/०७८-७९

© 2026 All right reserved to biznessnews.com  | Site By : SobizTrend