आइतबार, वैशाख ३० गते २०८१    
images
images

सेयर बजारलाई नै ध्यान दिएर अर्थमन्त्री छलफलमा लागिरहँदा साताभर निरस कारोबार, ४५ अंकले घट्यो

images
images
images
सेयर बजारलाई नै ध्यान दिएर अर्थमन्त्री छलफलमा लागिरहँदा साताभर निरस कारोबार, ४५ अंकले घट्यो
images
images

काठमाडौं- निरन्‍तर उतारचढावमा रहँदै ओरालोतिर लागिरहेको सेयर बजारमा यो साता पनि सुधार देखिएन। समग्रमा सातामा ४५ अंकले घटेको बजारमा लगानीकर्ताले विश्वास गुमाउँदै गइरहेका छन्। 

images
images
images

बुधबार एक दिनको कारबारमा झिनो वृद्धि देखिँदै बजार बढ्ने संकेत देखिएको भए पनि बिहीबार पुन: ओरालो लाग्यो। बिहीबार ८.२८ अंकले घटेर बजार १८६६.७९ बिन्दुमा झरेको छ। ४८ कम्पनीको मात्र सेयर मूल्य बढेको बजारमा ९२ करोड रूपैयाँको मात्र कारोबार भएको छ। कारोबार रकमका हिसाबले पनि यो साता बजार निकै कमजोर देखियो।

images

अहिले १९०० को मनोवैज्ञानिक आधार बिन्दुबाटै बजार ओर्लिएर पुरानै अवस्थामा आइपुगेपछि लगानीकर्ताले विश्वास गुमाएका छन्।अर्थमन्त्री प्रकाशशरण महतले पुँजी बजारको अवस्थालाई ध्यान दिँदै निरन्तर छलफल गरिरहँदा बजारप्रति लगानीकर्ता अझै पर्ख र हेरकै अवस्थामा देखिन्छन्। 

images

यो साता आइतबार २३.२४ अंकले घटेर १८८५.३१ बिन्दुमा झरेको बजार सोमबार पनि घटेको थियो। सोमबार १६.६७ अंकले घटेर बजार १८७१.८८ बिन्दुमा झरेको थियो। मंगलबार ५.२० को झिनो अंकले घट्दै बजार १८६६.६८ बिन्दुमा झर्‍यो। बुधबार ८.३९ अंकले बढेर बजार १८७५.०७ बिन्दुमा पुगेको थियो।

images
images

लक्ष्यअनुसार राजस्व उठ्न नसकेको, सार्वजनिक खर्च बढिरहेको, लगानी खस्कँदै गएको, बाह्य क्षेत्र बिग्रिँदै गएको, बैंक तथा वित्तीय संस्थामा तरलता अभाव, चर्को ब्याजदरलगायत समस्या रहेको अवस्थामा अर्थमन्त्रीले अब लिने निर्णयले पुँजी बजारलाई पनि प्रभाव पार्ने विश्लेषकहरू बताउँछन्। 

images

प्रकाशित : बिहीबार , चैत २३ २०७९०९:१९

प्रतिक्रिया दिनुहोस
कार्यकारी सम्पादक

केदार दाहाल

सूचना तथा प्रसारण विभाग दर्ता नम्बर

२८३८/०७८-७९

© 2024 All right reserved to biznessnews.com  | Site By : SobizTrend