बिहीबार , चैत १४ गते २०८१    
बिहीबार , चैत १४ २०८१
images
images

सगरमाथा क्षेत्रमा बढ्यो पर्यटकको चहलपहल, रामेछाप बेस बनाएर ५ दिनमै ४०७ उडान-अवतरण

images
बिहीबार , चैत २३ २०७९
images
images
सगरमाथा क्षेत्रमा बढ्यो पर्यटकको चहलपहल, रामेछाप बेस बनाएर ५ दिनमै ४०७ उडान-अवतरण
images
images

काठमाडौं- आरोही जाने क्रम बढेसँगै लुक्ला विमानस्थलमा भ्याइनभ्याइ भएको छ। सगरमाथा आरोहण र ट्रेकिङ जानेहरूका लागि सिजन सुरु भएसँगै एयरलाइन्स कम्पनीहरूले पनि रामेछापबाट धमाधम लुक्ला उडानका लागि उडान संख्या थपिरहेका छन्।  

images
images

कोरोना महामारीपछि दुर्गममा उडान गर्दै आएका तीनवटा वायुसेवा कम्पनीले रामेछाप विमानस्थललाई बेस बनाएर उडान गरिरहेका छन्। 

images
images

लुक्ला उडानका लागि अहिले सीता, समिट र तारा एयरले रामेछापलाई बेस बनाएर उडान गरिरहेका छन्।

images
images

रामेछाप विमानस्थलका एयर ट्राफिक कन्ट्रोलर सरिता पाण्डेले यो विमानस्थलबाट पहिलोपटक यतिधेरै उडान भएको जानकारी दिइन्। विमाननस्थलका अनुसार पाँच दिनमा ४ सय ७ उडान अवतरण भएको छ। अप्रिल १ देखि ५ सम्म तीनवटा एयरलाइन्सबाट कुल ४ सय ७ उडानअवतरण भएको हो। 

विमानस्थलका अनुसार अप्रिल १ मा रामेछाप-लुक्ला रुटमा ६० वटा उडानअवतरण भएको छ। त्यस्तै अप्रिल २ मा १ सय २ उडानअवतरण भएको थियो। अप्रिल ३ मा १ सय १६ उडानअवतरण भएका छन्। त्यस्तै अप्रिल ४ मा ७४ उडान अवतरण भएको छ। अप्रिल ५ बुधबार ५५ वटा उडानअवतरण भएको छ। 

वसन्त ऋतु अर्थात् स्प्रिङ सिजन सुरु भएपछि सगरमाथा आरोहणका लागि पर्वतारोहीहरू बढी आउने गरेका हुन्छन्। यसले गर्दा यो रूटमा पर्यटकको आवागमन बढ्न जान्छ।

विभागले बुधबारसम्म ४० देशका ३ सय ४ जनालाई पर्वतारोहणका लागि अनुमति दिएको छ। यसमध्ये सबैभन्दा धेरै सगरमाथा आरोहणका लागि छन्। विभागका अनुसार सगरमाथा आरोहणका लागि मात्रै बुधबारसम्ममा १ सय १५ जनाले परमिट पाएका छन्। 


प्रकाशित : बिहीबार , चैत २३ २०७९०८:४३

प्रतिक्रिया दिनुहोस
कार्यकारी सम्पादक

केदार दाहाल

सूचना तथा प्रसारण विभाग दर्ता नम्बर

२८३८/०७८-७९

© 2025 All right reserved to biznessnews.com  | Site By : SobizTrend