बुधबार, असार ३१ गते २०८३    
बुधबार, असार ३१ २०८३

लगातार घटिरहेको सेयर बजारमा सामान्य सुधार, कारोबार रकम भने ८१ करोड ६० लाखमात्रै

बुधबार, चैत २२ २०७९
लगातार घटिरहेको सेयर बजारमा सामान्य सुधार, कारोबार रकम भने ८१ करोड ६० लाखमात्रै

काठमाडौं- निरन्‍तर उतारचढावमा रहँदै ओरालोतिर लागिरहेको सेयर बजारमा बुधबारको कारोबारले वृद्धितर्फ संकेत गरेको छ।अर्थमन्त्री प्रकाशशरण महतले पुँजी बजारको अवस्थालाई ध्यान दिँदै निरन्तर छलफल गरिरहँदा बजारप्रति लगानीकर्ता अझै पर्ख र हेरकै अवस्थामा देखिन्छन्। 

बुधबार ८.३९ अंकले बढेर बजार १८७५.०७ बिन्दुमा पुगेको छ। १ सय ४६ कम्पनीको सेयर मूल्य बढेको बजारमा ८१ करोड ६० लाख रूपैयाँको मात्र कारोबार भएको छ। यो केही महिनायताकै न्यून कारोबार हो। 

यो साता आइतबार २३.२४ अंकले घटेर १८८५.३१ बिन्दुमा झरेको बजार सोमबार पनि घटेको थियो। सोमबार १६.६७ अंकले घटेर बजार १८७१.८८ बिन्दुमा झरेको थियो। मंगलबार ५.२० को झिनो अंकले घट्दै बजार १८६६.६८ बिन्दुमा झर्‍यो। 

अहिले १९०० को मनोवैज्ञानिक आधार बिन्दुबाटै बजार ओर्लिएर पुरानै अवस्थामा आइपुगेपछि लगानीकर्ताले विश्वास गुमाएको बजारमा बुधबार झिनो सुधार देखिएको हो। 

लक्ष्यअनुसार राजस्व उठ्न नसकेको, सार्वजनिक खर्च बढिरहेको, लगानी खस्कँदै गएको, बाह्य क्षेत्र बिग्रिँदै गएको, बैंक तथा वित्तीय संस्थामा तरलता अभाव, चर्को ब्याजदरलगायत समस्या रहेको अवस्थामा अर्थमन्त्रीले अब लिने निर्णयले पुँजी बजारलाई पनि प्रभाव पार्ने विश्लेषकहरू बताउँछन्। 

अर्थमन्त्रीमा महतले अर्थतन्त्र सुधारका लागि निरन्तर छलफल र भेटघाट गरिरहेका छन्। संगठित लगानीकर्तादेखि धितोपत्र बोर्डका पदाधिकारीका साथै बैंकर्सहरूसँग छलफल गरिरहेका छन्।


प्रकाशित : बुधबार, चैत २२ २०७९०९:१८

प्रतिक्रिया दिनुहोस
कार्यकारी सम्पादक

केदार दाहाल

सूचना तथा प्रसारण विभाग दर्ता नम्बर

२८३८/०७८-७९

© 2026 All right reserved to biznessnews.com  | Site By : SobizTrend