बुधबार, असार ३१ गते २०८३    
बुधबार, असार ३१ २०८३

अर्थमन्त्री महतले गभर्नरसँग सोधे - ऋणको ब्याजदर घटाउन सकिन्छ?

मंगलबार, चैत २१ २०७९
अर्थमन्त्री महतले गभर्नरसँग सोधे - ऋणको ब्याजदर घटाउन सकिन्छ?

काठमाडौं- अर्थमन्त्री डा. प्रकाश शरण महतले आर्थिक अवस्था सुधारका लागि नेपाल राष्ट्र बैंकका गभर्नर महाप्रसाद अधिकारीलाई सहकार्य गरेर अगाडि बढ्न आग्रह गरेका छन्। उनले नेपाल राष्ट्र बैंकका गभर्नरसहित डेपुटी गभर्नरहरूसँग अर्थतन्त्रको अहिलेको अवस्था र भावी दिनमा लिनुपर्ने बाटोका विषयमा छलफल गरेका हुन्। 

मन्त्री महतले सोमबार बैंकर्स र उद्योगीसँग छलफल गरेर मंगलबार राष्ट्र बैंकसँग छलफल गरेका हुन्। अर्थमन्त्री महतले राष्ट्र बैंकसँग सहकार्य गरेर समस्या समाधान गर्ने पक्षमा आफू रहेको बताएका छन्। मन्त्री महतले बैंकर्स, राष्ट्र बैंक, अर्थमन्त्रालय र उद्योगीबीच सुमधुर सम्बन्ध बनाएर अगाडि बढ्ने जनाउ गभर्नरलाई दिएका छन्। 

छलफल गर्न गभर्नर अधिकारीसहित अनुसन्धान विभागका कार्यकारी निर्देशक डा. प्रकाशकुमार श्रेष्ठ, विदेशी विनियम विभागका कार्यकारी निर्देशक रामु पौडेललगायत पुगेका थिए।

मन्त्री महतले बैंकको ऋणको ब्याजदर घटाउन सकिने ठाऊका विषयमा समेत गभर्नरसँग चासो राखेका थिए। तर गभर्नर अधिकारीले ब्याजदर घट्दो क्रममा रहेको जनाउँदै बाह्य क्षेत्रमा अब खासै समस्या नरहेको समेत बताए।

गभर्नर अधिकारीले समस्या अव काबु बाहिर नरहेकोले परिस्थीती सहज बन्दै गएको मन्त्री महतलाई ब्रिफिङ गरेका थिए। अर्थमन्त्री महतले बढी चासो सहकारी क्षेत्र र लघुवित्तका बारेमा समेत चासो राखेका थिए।


प्रकाशित : मंगलबार, चैत २१ २०७९०८:१२

प्रतिक्रिया दिनुहोस
कार्यकारी सम्पादक

केदार दाहाल

सूचना तथा प्रसारण विभाग दर्ता नम्बर

२८३८/०७८-७९

© 2026 All right reserved to biznessnews.com  | Site By : SobizTrend