बिहीबार , असार ३२ गते २०८३    
बिहीबार , असार ३२ २०८३

नियम उल्लंघन गर्दै जहाज पार्किङ एप्रोनमा जाँदा निगम अध्यक्ष परे कारबाहीमा

मंगलबार, चैत २१ २०७९
नियम उल्लंघन गर्दै जहाज पार्किङ एप्रोनमा जाँदा निगम अध्यक्ष परे कारबाहीमा

काठमाडौं- नेपाल नागरिक उड्डयन प्राधिकरणले नेपाल वायु सेवा निगम कार्यकारी अध्यक्ष युवराज अधिकारीलाई कारबाही गरेको छ।

प्राधिकरणले पास र र्‍याम्प ज्याकेटबिनै फागुन २४ गते जहाज पार्किङ गरिएको संवेदनशील क्षेत्र 'एप्रोन'मा पुगेको घटनामा ‘सेफ्टी प्रोटोकल’ उल्लंघन गरिएको भन्दै अधिकारीलाई कारबाही गरेको हो।

प्राधिकरणको सिनामंगलमा रहेको फ्लाइट सेफ्टी स्ट्यान्डर्ड विभागले सोमबार कार्यकारी अध्यक्ष अधिकारीलाई ‘र्‍याम्प सेफ्टी’ को तालिममा पठाउने निर्णय गरेको प्राधिकरणका उपमहानिर्देशक तथा प्रवक्ता जगन्नाथ निरौलाले बताए।

प्राधिकरणबाट मान्यता पाएको संस्थाबाट एक हप्ताभित्र कक्षा लिइ प्रमाणपत्र बुझाउन भन्दै पत्र काटेको हो। र्‍याम्प सेफ्टी कक्षा लिएको प्रमाणपछि उनलाई जरिवाना तिराउने वा बिनाजरिवाना छाड्ने निर्णय गरिने प्राधिकरणले जनाएको छ।


प्रकाशित : मंगलबार, चैत २१ २०७९०८:००

प्रतिक्रिया दिनुहोस
कार्यकारी सम्पादक

केदार दाहाल

सूचना तथा प्रसारण विभाग दर्ता नम्बर

२८३८/०७८-७९

© 2026 All right reserved to biznessnews.com  | Site By : SobizTrend