बुधबार, असार ३१ गते २०८३    
बुधबार, असार ३१ २०८३

नबिल बैंकको सेयर मूल्य ५०० रूपैयाँनजिक, इतिहासकै सस्ताे हुँदा खरिद गर्नेलाई हुनसक्छ अवसर

मंगलबार, चैत २१ २०७९
नबिल बैंकको सेयर मूल्य ५०० रूपैयाँनजिक, इतिहासकै सस्ताे हुँदा खरिद गर्नेलाई हुनसक्छ अवसर

काठमाडौं- लगतार घटेर नबिल बैंकको सेयर मूल्य इतिहासकै सस्तो भएको छ। नबिलको सेयर सोमबार प्रतिकित्ता ५८९.९० रुपैयाँमा कारोबार भएको छ। यो मूल्य इतिहासकै सस्तो हो।  

एकवर्ष अगाडि बढेर ११ सय ४९ रूपैयाँसम्म पुगेको नबिल बैंकको सेयर मूल्य ५८९.९० रुपैयाँमा झरेको हो। बैंकको सेयर मूल्य अझै केही समय घट्ने देखिन्छ। तर पनि दीर्घकालीन लगानीकर्ताका लागि भने खरिद गर्ने उपयुक्त अवसर आएको छ। 

सोमबार दोस्रो बजारमा नबिलको ६१ हजार कित्ता सेयर कारोबार भएको थियो। बैंकको सोमबार ३ करोड ६२ लाख रुपैयाँ बराबरको सेयर कारोबार भएको छ। जसको सोमबार सबैभन्दा बढी कारोबार भएको हो। बैंकको सेयर मूल्य एकवर्षको अवधिमा ४० प्रतिशत घटेको छ। बैंकको पीई रेसियो २६.२३ गुणा रहेको छ। बुक भ्यालु १ सय ९९ रुपैयाँ रहेको छ। 

नबिलले लगानीकर्तालाई लगातार आकर्षक लाभांश दिइरहेको छ। गत वर्षको नाफाबाट पनि बैकले ३० प्रतिशत लाभांश वितरण गरिसकेको छ। चालु आर्थिक वर्षको दोस्रो त्रैमासम्म नबिल बैंकले ३ अर्ब ४१ करोड ७६ लाख ९८ रुपैयाँ नाफा कमाएको छ। जुन गत आवको सोही अवधिको तुलनामा ५६.६७ प्रतिशत बढी हो। 

गत आर्थिक वर्षको सोही अवधिसम्ममा बैंकले २ अर्ब १८ करोड १४ लाख २० हजार रुपैयाँ खुद नाफा आर्जन गरेको थियो। पुस मसान्तसम्म बैंकको वितरणयोग्य नाफा ९७ करोड १३ लाख ६९ हजार रुपैयाँ रहेको छ।

यो अवधिमा बैंकको खुद ब्याज आम्दानी र सञ्चालन नाफामा आएको सुधारले नाफा बढेको छ। पुस मसान्तसम्म बैंकको खुद ब्याज आम्दानी ८५.६३ प्रतिशतले बढेर ७ अर्ब ८३ करोड २९ लाख ५६ हजार रुपैयाँ पुगेको छ।

बैंकको सञ्चालन नाफा ५६.०७ प्रतिशतले बढेर ४ अर्ब ८६ करोड १७ लाख ९६ हजार रुपैयाँ पुगेको छ। बैंकको प्रतिसेयर आम्दानी २५ रुपैयाँ ३३ पैसा पुगेको छ भन् प्रतिसेयर नेटवर्थ १९९ रुपैयाँ १२ पैसा रहेको छ। २७ अर्ब ५ करोड ६९ लाख ९७ हजार रुपैयाँ चुक्ता पुँजी भएको बैंकको जगेडा कोषमा २५ अर्ब ५७ करोढ ४१ लाख ४० हजार रुपैयाँ रहेको छ।

३ खर्ब ४७ अर्ब ४६ करोड १६ लाख ६२ हजार रुपैयाँ निक्षेप संकलन गरेको बैंकले ३ खर्ब १५ अर्ब ६४ करोड १५ लाख २९ हजार कर्जा लगानी गरेको छ।


प्रकाशित : मंगलबार, चैत २१ २०७९०४:१३

प्रतिक्रिया दिनुहोस
कार्यकारी सम्पादक

केदार दाहाल

सूचना तथा प्रसारण विभाग दर्ता नम्बर

२८३८/०७८-७९

© 2026 All right reserved to biznessnews.com  | Site By : SobizTrend