आइतबार, वैशाख ३० गते २०८१    
images
images

बिटक्वाइनदेखि हाइपर फन्डसम्ममा लगानी नगर्न राष्ट्र बैंकको चेतावनी

images
images
images
बिटक्वाइनदेखि हाइपर फन्डसम्ममा लगानी नगर्न राष्ट्र बैंकको चेतावनी
images
images

काठमाडौं- नेपाल राष्ट्र बैंकले बिटक्वाइन, क्रिप्टो करेन्सी, भर्चुअल करेन्सी र हाइपर फन्डको लगानी गैरकानूनी रहेकोले कारोबार गरेमा कडा कारबाही गर्ने पुनः चेतावनी दिएको छ। राष्ट्र बैंकले पटक पटक यो विषयमा जानकारी गराउँदा पनि लगानी गरेको पाइएमा कारबाहीको भागिदार बन्नु पर्ने चेतावनी दिएको हो।  

images
images
images

नेपालभित्र बसोबास गर्ने नेपाली नागरिक-फर्म-कम्पनी-संस्था (विदेशी समेत) र नेपाल बाहिर बसोबास गर्ने सबै नेपाली नागरिक तथा नेपालमा दर्ता भई नेपाल बाहिर रहेका, फर्म, कम्पनी, संस्था तथा त्यस्ता कम्पनी वा संस्थाका शाखा कार्यालय तथा एजेन्सीहरुले विदेशमा लगानी हुनेगरी कुनै कार्य नगर्न आग्रह गरेको छ। 

images

सोको प्रयोग-संलग्नता-सदस्यता-लगानी-स्वामित्व ग्रहण-स्थानान्तरण-विप्रेषण-विनिमय-सम्बन्धी कार्य गर्ने/गराएको पाइएमा विदेशी विनिमय (नियमित गर्ने) ऐन, २०१९ को दफा १२ अनुसार कारबाही हुने समेत सार्वजनिक सूचना मार्फत अवगत गराएको छ।  

images
nrb 1111.JPG

images

प्रकाशित : सोमबार, चैत २० २०७९१२:१६

प्रतिक्रिया दिनुहोस
कार्यकारी सम्पादक

केदार दाहाल

सूचना तथा प्रसारण विभाग दर्ता नम्बर

२८३८/०७८-७९

© 2024 All right reserved to biznessnews.com  | Site By : SobizTrend