बुधबार, असार ३१ गते २०८३    
बुधबार, असार ३१ २०८३

बिटक्वाइनदेखि हाइपर फन्डसम्ममा लगानी नगर्न राष्ट्र बैंकको चेतावनी

सोमबार, चैत २० २०७९
बिटक्वाइनदेखि हाइपर फन्डसम्ममा लगानी नगर्न राष्ट्र बैंकको चेतावनी

काठमाडौं- नेपाल राष्ट्र बैंकले बिटक्वाइन, क्रिप्टो करेन्सी, भर्चुअल करेन्सी र हाइपर फन्डको लगानी गैरकानूनी रहेकोले कारोबार गरेमा कडा कारबाही गर्ने पुनः चेतावनी दिएको छ। राष्ट्र बैंकले पटक पटक यो विषयमा जानकारी गराउँदा पनि लगानी गरेको पाइएमा कारबाहीको भागिदार बन्नु पर्ने चेतावनी दिएको हो।  

नेपालभित्र बसोबास गर्ने नेपाली नागरिक-फर्म-कम्पनी-संस्था (विदेशी समेत) र नेपाल बाहिर बसोबास गर्ने सबै नेपाली नागरिक तथा नेपालमा दर्ता भई नेपाल बाहिर रहेका, फर्म, कम्पनी, संस्था तथा त्यस्ता कम्पनी वा संस्थाका शाखा कार्यालय तथा एजेन्सीहरुले विदेशमा लगानी हुनेगरी कुनै कार्य नगर्न आग्रह गरेको छ। 

सोको प्रयोग-संलग्नता-सदस्यता-लगानी-स्वामित्व ग्रहण-स्थानान्तरण-विप्रेषण-विनिमय-सम्बन्धी कार्य गर्ने/गराएको पाइएमा विदेशी विनिमय (नियमित गर्ने) ऐन, २०१९ को दफा १२ अनुसार कारबाही हुने समेत सार्वजनिक सूचना मार्फत अवगत गराएको छ।  

nrb 1111.JPG


प्रकाशित : सोमबार, चैत २० २०७९१२:१६

प्रतिक्रिया दिनुहोस
कार्यकारी सम्पादक

केदार दाहाल

सूचना तथा प्रसारण विभाग दर्ता नम्बर

२८३८/०७८-७९

© 2026 All right reserved to biznessnews.com  | Site By : SobizTrend