बुधबार, असार ३१ गते २०८३    
बुधबार, असार ३१ २०८३

अर्थमन्त्री महतले बैंकर्सलाई भने - बैंकविरुद्धको अराजकता रोक्छु, ब्याजदरको समस्या समाधानमा लाग्नूस्

सोमबार, चैत २० २०७९
अर्थमन्त्री महतले बैंकर्सलाई भने - बैंकविरुद्धको अराजकता रोक्छु, ब्याजदरको समस्या समाधानमा लाग्नूस्

काठमाडौं- अर्थमन्त्री डा प्रकाशशरण महतले बैंकर्सलाई भेटेर बैंकिङ क्षेत्रको समस्या समाधानमा पहलकदमी लिने प्रतिबद्धता जनाएका छन्। अर्थमन्त्री महतले बैंकर्स संघका प्रतिनिधीहरूलाई भेटेर नेपालको बैंकिङ क्षेत्र बलियो रहेको उल्लेख गर्दै तत्काल देखिएका समस्या समाधनमा पहलकदमी लिने बताएका छन्।

अर्थमन्त्री महतले अहिले देखिएको तरलता संकट, ब्याजदरका विषय र सडकमा वित्तीय क्षेत्रविरुद्ध भएका सडक आन्दोलन तथा उद्योगी देखाएको चासोका विषयमा समेत बैंकर्ससँग कुराकारी गरेका छन्। बैंकर्सहरूले बैंकिङ क्षेत्रमा अहिले स्थिति सहज बन्दै गएको ब्याजदर घट्ने चरणमा रहेकोले विस्तारै समस्या समाधान उन्मुख भएको बताएका थिए।

उक्त भेटमा बैंकर्सहरूले अहिले बैंकिङ क्षेत्रमाथी सडकबाटै आन्दोलन हुनु दुखद भएको तथा भौतिक आक्रमणनै हुन थालेको भन्दै सरकारले कानूनी कारबाही गर्न माग गरेका छन्। भेटमा नेपाल बैंकर्स संघका अध्यक्ष सुनिल केसीसहित पदाधिकारीहरू सहभागी थिए। 

 

 


प्रकाशित : सोमबार, चैत २० २०७९०८:१०

प्रतिक्रिया दिनुहोस
कार्यकारी सम्पादक

केदार दाहाल

सूचना तथा प्रसारण विभाग दर्ता नम्बर

२८३८/०७८-७९

© 2026 All right reserved to biznessnews.com  | Site By : SobizTrend