बिहीबार , वैशाख १३ गते २०८१    
images
images

'योग्यता नै नपुगेका व्यक्ति अपरेसन विभाग प्रमुख'

images
images
images
'योग्यता नै नपुगेका व्यक्ति अपरेसन विभाग प्रमुख'
images
images

काठमाडौं- नेपाल वायुसेवा निगम (नेपाल एयरलाइन्स) मा योग्यता नै नपुगेको व्यक्तिलाई 'अपरेसन चिफ' बनाइएको छ। निमग अध्यक्ष युवराज अधिकारीले निगम आफैले बनाएको अपरेसन म्यानुअल विपरित जुनियर पाइलट उद्धव घिमिरेलाई अपरेसन विभागको प्रमुख बनाएका हुन्। 

images
images
images

अधिकारीले अपरेसन विभाग प्रमुख रवीन्द्र शेरचनलाई हटाएर योग्यता नै नपुगेका आफूनिकट पाइलट घिमिरेलाई प्रमुखको जिम्मेवारी दिएका हुन्। निगम आफैले स्वीकृत गर्दै कार्यान्वयनमा ल्याएको अपरेसन म्यानुअल विपरित योग्यता नै नपुगेका जुनियर पाइलटलाई विभागको जिम्मेवारी दिएर सुरक्षामा नै गम्भीर लापरबाही गरेको एक कर्मचारीले बताए।

images

अपरेसन विभागका प्रमुख हुनका लागि तोकिएको मापदण्डमा पाँच वर्ष व्यवस्थापन तहमा काम गरेको हुनुपर्ने विषय उल्लेख छ। तर घिमिरेले एक दिनमा निगमको व्यवस्थापन तहमा रहेर काम गरेका छैनन्। उनै घिमिरेलाई अधिकारीले विभागीय प्रमुख तोकेका हुन्। 

images

निगम प्रवक्ता रमेश पौडेलले अपरेसन विभाग प्रमुख परिवर्तन भएको विषयमा आफूलाई कुनै जानकारी नभएको बिजनेस न्युजसँग बताए।

images
images

यस विषयमा नेपाल नागरिक उड्डयन प्राधिकरणले निगमको अपरेसन विभाग प्रमुख परिवर्तन भएको जानकारी नगराएको र जानकारी आएपछि अध्ययन हुने जनाएको छ। तर प्राधिकरण स्रोतका अनुसार निगममा सिनियर तथा काबिल पाइलटहरू हुँदाहुँदै जुनियर पाइलटलाई विभागीय प्रमुख बनाउन नदिने विषय उठिरहेको छ।

त्यसमा पनि अपरेसन विभाग प्रमुख बनाएको पाइलटको योग्यता नै नपुगेको विषय आएको हुँदा यसका विषयमा समेत अध्ययन हुने प्राधिकरणले जनाएको छ। प्राधिकरणले निगमबाट जानकारी आएपछि अध्ययन नसकिँदासम्म पुरानै विभागीय प्रमुखलाई जिम्मेवारी दिने स्रोतले जनाएको छ।

ai.jpg

सधैँ विवादमा घिमिरे

निगमभित्र सधैँ विवादमा पर्ने पात्र हुन् उद्धव घिमिरे। घिमिरेका कारण नै नेपाल वायुसेवा निगम वाई-१२ जहाजको उडान बन्द गर्नपर्ने ठाउँमा पुगेको थियो। सन् २०१८ को डिसेम्बरसम्म घिमिरेले वाई-१२ जहाज उडान गरिरहेका थिए। ४ वटा वाई-१२ जहाज उडानमा ३ जनामात्रै पाइलट थिए। 

घिमिरे तत्कालीन कार्यकारी अध्यक्ष मदन खरेलसँगको सेटिङमा वाई-१२ जहाजबाट एयरबस ३२० को पाइलट तालिममा गए। उक्त बेला पनि सिनियरलाई छोडेर जुनियरलाई तालिमका पठाएको भन्दै अन्य २ पाइलटले पनि जहाज उडान गरेनन्। त्यसपछि केही चिनियाँ वाई-१२ जहाज ग्राउन्डेड नै भयो। पाइलट अभावकै कारण जहाज उडान हुन सकेन।

यसरी वाई-१२ जहाज उडानमा समस्या निम्त्याउने पाइलट घिमिरे पछिल्लो सयम युवराज अधिकारी र तत्कालीन पर्यटनमन्त्री आलेको बीच पुलको भूमिकामा काम गर्दै सबै आफूनिकट निर्णय गराउँदै गए। घिमिरेले कोभिड भएर मन्त्री क्वाटरमा बसेका मन्त्रीसमक्ष आफै फाइल बोकेर जाँदै क्यासिनोको बिचौलिया बन्दै लाइसेन्ससमेत दिएको पर्यटन मन्त्रालय स्रोत बताउँछ।

विभागीय मन्त्री र कार्यकारी अध्यक्ष अधिकारीको संवाद मिडियामा समेत पठाउने गरेको आरोप उनलाई लागेको थियो। उनै घिमिरेलाई अधिकारीले सुरक्षा जस्तो विषयमा लापरबाही हुनेगरी अपरेसन विभाग प्रमुखको जिम्मेवारी दिएका हुन्। 

images

प्रकाशित : सोमबार, चैत २० २०७९१२:०३

प्रतिक्रिया दिनुहोस