बुधबार, असार ३१ गते २०८३    
बुधबार, असार ३१ २०८३

लगानीकर्ताको सुझावलगत्तै अर्थमन्त्री महतले भेटे धितोपत्र बोर्डका अध्यक्ष, समन्वय गर्न निर्देशन

सोमबार, चैत २० २०७९
लगानीकर्ताको सुझावलगत्तै अर्थमन्त्री महतले भेटे धितोपत्र बोर्डका अध्यक्ष, समन्वय गर्न निर्देशन

काठमाडौं- अर्थमन्त्री डा प्रकाशशरण महतले सेयर बजारका संगठित लगानीकर्तासँग भेटघाट गर्दै दोस्रो बजारमा लगानीको वातावरण राम्रो हुने ढाडस दिन थालेका छन्। महत अर्थमन्त्री भएलगत्तै सेयर बजारमा झनै पहिरो गएपछि लगानीकर्तासँगै नेपाल धितोपत्र बोर्डका पदाधिकारी र नेतृत्वसँग समेत भेटघाट गरेका छन्।

अर्थमन्त्री महतले नेपाल उद्योग वाणिज्य महासंघ, पुँजीबजार फोरमका अध्यक्ष अम्बिकाप्रसाद पौडेलको नेतृत्वमा गएको टोलीसँग सोमबार बिहान आधा घण्टा परामर्श गरेका थिए। त्यसलगत्तै धितोपत्र बोर्ड अध्यक्ष रमेश हमाललाई समेत भेटेर छलफल थालेका छन्। छलफलमा सेयर बजारमा समस्या र लगानीकर्ताबीचको समन्वय गर्न र समस्या समाधान गर्न निर्देशन दिएका छन्। 

यता बिहान छ्लफलमा अर्थमन्त्री महतले तत्कालका लागि मनोबल उकास्‍न आवश्यक पहलकदमी लिने प्रतिबद्धता जनाएका छन्। महतले सल्लाह सुझाव लिएर अगाडि बढ्ने बताउँदै आगामी दिनमा सम्वादलाई निरन्तरता दिने बताएका छन्। कुराकानीमा अध्यक्ष पौडेलसँगै ब्रोकर संघ, मर्चेन्ट बैंकर तथा अरु लगानीकर्ता पनि सँगै थिए। अर्थमन्त्री महत स्वयंले सेयर बजारका प्रतिनिधिलाई डाकेर सुझाव लिएका हुन्। लगानीकर्ताको सुझाव लिएर बोर्ड अध्यक्षसँग छलफल जारी गरेका थिए। 

नेपाल उद्योग वाणिज्य महासंघ, पुँजीबजार फोरमका अध्यक्ष अम्बिकाप्रसाद पौडेलको नेतृत्वमा गएको टोलीसँग अर्थमन्त्री महतले सोमबार बिहान आधा घण्टा परामर्श गरेका हुन्। कुराकानीमा अध्यक्ष पौडेलसँगै ब्रोकर संघ, मर्चेन्ट बैंकर तथा अरु लगानीकर्ता पनि सँगै थिए।

सेयर बजारका प्रतिनिधिहरुले महतलाई विद्यमान समस्या अवगत गराउँदै सक्दो छिटो समाधानमा जोड दिन सुझाएका हुन्। उनीहरुले सेयर बजार सुधारका लागि आवश्यक अल्पकालीन र दीर्घकालीन सुझाव दिएका हुन्। अर्थ मन्त्रालय र राष्ट्र बैंक दुवै निकायबाट लगानीकर्ताको मनोबल उकास्‍न आवश्यक रहेको औंल्याएका छन्।

मार्जिन ऋणमा १२ करोडको सीमा हटाउने र १५० प्रतिशत रहेको जोखिम भार १०० प्रतिशतमा झार्न आग्रह गरेका छन्। चुक्ता सेयर पूँजीको ४० प्रतिशत मात्र सेयर धितोको कर्जा दिन पाउने व्यवस्थालाई हटाएर कुल कर्जा लगानीको १० प्रतिशत धितो कर्जामा दिन पाउने व्यवस्था गर्नुपर्ने माग उनीहरुको छ।


प्रकाशित : सोमबार, चैत २० २०७९०७:२२

प्रतिक्रिया दिनुहोस
कार्यकारी सम्पादक

केदार दाहाल

सूचना तथा प्रसारण विभाग दर्ता नम्बर

२८३८/०७८-७९

© 2026 All right reserved to biznessnews.com  | Site By : SobizTrend