आइतबार, वैशाख ७ गते २०८२    
आइतबार, वैशाख ७ २०८२
images
images

बैशाख १ र २ गते नेपाल पर्यटन महोत्सव आयोजना हुने

images
बिजनेस न्युज
बिजनेस न्युज
आइतबार, चैत १९ २०७९
images
बैशाख १ र २ गते नेपाल पर्यटन महोत्सव आयोजना हुने

काठमाडौंको वसन्तपुरमा आगामी बैशाख १ र २ गते महोत्सव आयोजना गर्न लागिएको हो।

images
images

काठमाडौं- नेपालको आन्तरिक तथा बाह्य पर्यटन प्रवर्द्धनसँगै पर्यटनको नीतिगत बहस र पैरवी गर्ने उद्देश्यले नेपाल पर्यटन महोत्सव ‘नेपाल टुरिजम फेस्टिभल २०२३’ आयोजना गरिने भएको छ।

images
images
images

नेपाल पर्यटन बोर्डको सहयोगमा नेपाल पर्यटन प्रवर्द्धन (एनटीपी) मल्टिमिडिया ग्रुपको आयोजनामा काठमाडौंको वसन्तपुरमा आगामी बैशाख १ र २ गते महोत्सव आयोजना गर्न लागिएको आज आयोजित पत्रकार सम्मेलनमा जानकारी दिए। 

images
images

नयाँ शिराबाट पर्यटन प्रवर्द्धन गर्नुका साथै पर्यटनको नीतिगत बहस तथा छलफल चलाउने उद्देश्यले महोत्सवको तयारी गरिएको एनटिपीका अध्यक्ष विष्णुबहादुर विश्वकर्माले बताए। उनका अनुसार वैशाख १ गतेलाई आन्तरिक पर्यटन दिवसका रुपमा मनाउने लक्ष्यका साथ महोत्सवको आयोजना गर्न लागिएको हो। महोत्सव हरेक वर्ष हुनेछ।

images
images

नेपाल पर्यटन बोर्डका निर्देशक मणिराज लामिछानेले महोत्सवका माध्यमबाट पर्यटनको नीतिगत सुधारमा सरोकारवालाको धारणासहित दीगो पर्यटन विकासका निम्ति महोत्सवले भूमिका खेल्ने विश्वास व्यक्त गरे। नेपाल एसोसिएसन अफ टूर एन्ड ट्राभल एजेन्ट्स (नाट्टा) का पूर्वअध्यक्ष अच्युत गुरागाईंले नेपालको पर्यटन नीतिलाई समयसापेक्ष बनाउन बहस र पैरबी गर्दै पर्यटनको नीति र योजना बनाउन महोत्सव उपयोगी हुने बताए।

महोत्सवमा विभिन्न बिदाको पर्यटन केन्द्रित दश ‘सेसन’ सञ्चालन हुनेछन्। महोत्सको प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ ले उद्घाटन गर्नेछन् भने अन्तिम सेसन ‘पर्यटनमा राजनीति : मिसन, भिजन र भिजिट नेपाल’ शीर्षक संस्कृति, पर्यटन तथा नागरिक उड्डयनमन्त्री सुदन किरातीको हुने आयोजकले जनाएको छ।

‘घुम्ने, घुमाउने र घुम्न प्रेरित गर्ने’ मूल नाराका साथ आयोजना हुने महोत्सवको अन्य सेसनमा ‘पर्यटन प्रवद्र्धन र पूर्वाधार विकास’, स्वास्थ्य पर्यटन, चलचित्र पर्यटन, चलचित्र पर्यटन, पर्यटनमा जलवायु परिवर्तनको असर र हिमाल सेसन सञ्चालन गरिनेछ।

युवा पर्यटन अभियान्ता, सात प्रदेशको पर्यटन सम्भावना, सम्पदा, ‘एयरलाइन्स टुरिजम’ का साथै नेपालमा रहेका विभिन्न विदेशी राजदूतको नेपाल अनुभव, खेल तथा सौन्दर्य पर्यटनबारे छलफल हुनेछन्। रासस


प्रकाशित : आइतबार, चैत १९ २०७९१२:२८
प्रतिक्रिया दिनुहोस
कार्यकारी सम्पादक

केदार दाहाल

सूचना तथा प्रसारण विभाग दर्ता नम्बर

२८३८/०७८-७९

© 2025 All right reserved to biznessnews.com  | Site By : SobizTrend