बिहीबार , असार ३२ गते २०८३    
बिहीबार , असार ३२ २०८३

एक महिनामा एक लाख पर्यटकले गरे नेपाल भ्रमण, कोभिडपछिकै सबैभन्दा धेरै

आइतबार, चैत १९ २०७९
एक महिनामा एक लाख पर्यटकले गरे नेपाल भ्रमण, कोभिडपछिकै सबैभन्दा धेरै

काठमाडौं- सन् २०२३ को मार्च महिनामा कोभिडपछिकै सबैभन्दा बढी पर्यटक नेपाल भ्रमणमा आएका छन्। अध्यागमन विभागले नेपाल पर्यटन बोर्डलाई दिएको तथ्यांकअनुसार मार्च महिनामा ९९ हजार ४ सय २६ पर्यटक नेपाल भ्रमणका आएका छन्। कोभिडपछि पहिलोपटक एक महिना एक लाख पर्यटक नेपाल भ्रमणका आएका हुन्।

कोभिडअगाडि पर्यटन सिजनको महिनामा सवा लाखसम्म पर्यटक नेपाल आउने गरेका थिए। अहिले मार्चमै एक लाख पर्यटक नेपाल आगमनले नेपालको पर्यटन क्षेत्र रिकभरको चरणमा रहेको देखाएको छ।

मार्च महिनामा सबैभन्दा बढी पर्यटक भारतबाट आएका छन्। भारतबाट मात्रै २९ हजार ९ सय ११ जना आएका छन्।

यसैगरी दोस्रो बढी अमेरिकाबाट ९ हजार ५ सय ५७, तेस्रोमा बेलायतबाट ६ हजार १ सउय ३३ जना, चौथोमा जर्मनीबाट ४ हजार १ सय १ सय ४९ जना र पाँच बढी आउनेमा श्रीलंकाबाट ३ हजार ८ सय ९८ जना रहेका छन्

बोर्डले दिएको तथ्यांक अनुसार दक्षिण एसियाली राष्ट्र  सार्कबाट ३३ हजार ४ सय ५४, एसियाबाट १५ हजार ६ सय ४३, युरोपबाट २३ हजार २ सय ६५, मध्यपूर्वबाट १ हजार ४ सय ६७ र अेमिरिकी क्षेत्रबाट ११ हजार २ सय ६४ जना पर्यटक नेपाल भ्रमणका आएका छन्। बोर्डका अनुसार चीनबाट समेत २ हजार ६ सय ६५ जना पर्यटक नेपाल भ्रमणका आएका छन्। 

touris.jpg

३ महिनामा सवा २ लाख पर्यटक

बोर्डका अनुसार सन् २०२३ को ३ महिनामै सवा २ लाखभन्दा बढी पर्यटक नेपाल भ्रमणका आएका छन्। बोर्डले दिएको जानकारीअनुसार जनवरीमा ५४ हजार ७४ र फेब्रुअरीमा ७३ हजार २ सय ५५ पर्यटक नेपाल भ्रमणमा आएका छन्।

यसैगरी मार्चमा ९९ हजार ४ सय २६ जना पर्यटक नेपाल भ्रमणका आएका छन्।  जनवरीदेखि मार्चसम्म कुल २ लाख २६ हजार ७ सय ५५ जना पर्यटक नेपाल भ्रमणका आएका छन्।


प्रकाशित : आइतबार, चैत १९ २०७९०८:१०

प्रतिक्रिया दिनुहोस
कार्यकारी सम्पादक

केदार दाहाल

सूचना तथा प्रसारण विभाग दर्ता नम्बर

२८३८/०७८-७९

© 2026 All right reserved to biznessnews.com  | Site By : SobizTrend