बिहीबार , असार ३२ गते २०८३    
बिहीबार , असार ३२ २०८३

को-पाइलट बिरामी हुँदा रोकिएको निगमको वाइडबडी जहाज उड्ने तयारीमा

आइतबार, चैत १९ २०७९
को-पाइलट बिरामी हुँदा रोकिएको निगमको वाइडबडी जहाज उड्ने तयारीमा

काठमाडौँ- नेपाल वायुसेवा निगमको वाइडबडी जहाज दुबई उड्नै लाग्दा को-पाइलट बिरामी भएपछि शनिबार रातिको उडान रद्द गरेको थियो। राति काठमाडौं-दुबई-काठमाडौंको उडान रद्द हुँदा दुवैतर्फ साढे ५ सय यात्रु अलपत्र परेका छन्।

शनिबार राति १२ बजे दुबईका लागि तय गरिएको उडानमा २ सय ६६ यात्रु उड्ने तयारीमा थिए। उनीहरूलाई विभिन्न होटलमा राखिएको निगम प्रवक्ता अर्चना खड्काले जानकारी दिइन्। 

प्रवक्ता खड्काका अनुसार शनिबार रद्द भएको उडान आइतबार हुन लागेको छ।

शनिबार जहाज दिल्लीबाट उडाएर ल्याउने क्याप्टेन योगेश हिराचन र को-पाइलट गोपालसिंह विष्ट नै दुबई जानुपर्ने तालिका थियो। तर पखाला लागेपछि को-पाइलट विष्टले ‘सिक रिपोर्ट’ गरेका थिए।

अन्य को-पाइलटलाई पठाउन सबैलाई सेड्युल दिइसकेको हुँदा व्यवस्था गर्न नसकिएको प्रवक्ता खड्काले बताइन्। निगमसँग दुईवटा वाइडबडी जहाजका लागि ६ जना को-पाइलट र ८ जना क्याप्टेन छन्। 


प्रकाशित : आइतबार, चैत १९ २०७९०६:१२

प्रतिक्रिया दिनुहोस
कार्यकारी सम्पादक

केदार दाहाल

सूचना तथा प्रसारण विभाग दर्ता नम्बर

२८३८/०७८-७९

© 2026 All right reserved to biznessnews.com  | Site By : SobizTrend