आइतबार, वैशाख ७ गते २०८२    
आइतबार, वैशाख ७ २०८२
images
images

टरिगाउँ विमानस्थल : पहिलेकै धावनमार्ग विस्तारको तयारी

images
बिजनेस न्युज
बिजनेस न्युज
शनिबार, चैत १८ २०७९
images
टरिगाउँ विमानस्थल : पहिलेकै धावनमार्ग विस्तारको तयारी

हालको ७ सय ५० मिटर धावनमार्ग बढाएर एक हजार दुईसय ३० मिटर लम्बाइ बनाउने तयारी छ। 

images
images

तुलसीपुर- दाङको तुलसीपुर-१२ स्थित टरिगाउँ विमानस्थल विस्तारका लागि पहिलो विकल्प छनोट गरिएको छ।

images
images
images

नेपाल नागरिक उड्डयन प्राधिकरणले विभिन्न चार विकल्प दिएर विमानस्थल विस्तार गर्न सकिने गरी विस्तृत परियोजा प्रतिवेदन सार्वजनिक गरेको थियो। तीमध्ये पहिलो विकल्पमा काम अगाडि बढाउन थालिएको तुलसीपुर उपमहानगरपालिकाका उपप्रमुख स्यानी चौधरीले बताए।

images
images

'क्यानले चार वटा विकल्प दिएको थियो', उनले भने,'तीमध्ये हामीले पहिलो विकल्प रोजेर पठएका छौँ।'

images
images

पहिलो विकल्पअनुसार पुरानै धावनमार्गलाई बढाउने गरी तयारी गरिएको उनको भनाइ छ। हालको ७ सय ५० मिटर धावनमार्ग बढाएर एक हजार दुईसय ३० मिटर लम्बाइ बनाउने तयारी छ। 

उपमहानगरद्वारा गठित टरिगाउँ एयरपोर्ट विस्तार सहयोग समितिका संयोजक चौधरीले सोहीस्तरको विमान बनाउन ५७ बिघा जग्गा चाहिने जानकारी दिए। विमानस्थलको ३९ बिघा जग्गा छ। बाँकी सामुदायिक वनको १२ बिघा, अधिग्रहण एक दशमलव दुई बिघा र सार्वजनिक जग्गा चार दशमलव आठ बिघा लैजानुपर्छ। 

विमानस्थल बनाउँदा छ अर्ब १५ करोड ९१ लाख ५४ हजार आठसय रूपैयाँ लागत अनुमान गरिएको छ। सोहीअनुसार ‘फाइल’ सम्बन्धित निकायमा पठाइसकेको उनले बताए। आगामी वर्षको बजेटमा त्यो कुरा उल्लेख हुने गरी लागेको उनले बताए।

सोही विकल्पअनुसार फुटपाथ तथा संरचना निर्माणको कामलाई दुई अर्ब ७६ करोड ५० लाख ९४ हजार आठ सय ६० रूपैयाँ, भवनलगायतका सामग्रीलाई तीन अर्ब १३ करोड ४२ लाख ४० हजार रूपैयाँ, विविध कामका लागि १५ करोड ७३ लाख २० हजार र जग्गा अधिग्रहण तथा भवन निर्माणका लागि १० करोड २५ लाख रूपैयाँ लागत अनुमान गरिएको छ। 

यो विकल्पअनुसार अहिले रहेका घर फाल्न पर्दैन। मन्दिर क्षेत्रको केही जग्गा प्रयोग हुनेछ। यसरी विमानस्थल बनाउँदा एकातिरबाट मात्रै अवतरण र उडान गर्नुपर्ने हुन्छ। यसमा रातको समयमा र कम ‘भिजिविलिटी’ हुँदा अवतरण गर्नसक्ने अवस्था रहँदैन। रातमा हवाई अवतरण गर्न थप चारसय ५० मिटर जमिन चाहिन्छ। यो डिजाइनअनुसार काम गरेमा पाँच वर्षमा विमानस्थल बन्नेछ। यसमा ‘आइई’ र ‘इआइए’ गर्न दुई वर्ष लाग्छ । साथै जग्गा अधिग्रहण गरेपछि तीन वर्ष लाग्छ।  

टरिगाउँ विमानस्थलमा विसं २०११ देखि २०४२ सालसम्म नियमितरुपमा विमान सञ्चालनमा भएको हो। त्यतिबेला सीधा दाङ काठमाडौं जाने यातायातको अर्को विकल्प थिएन । राप्ती नदीमा पुल निर्माण भइसकेको थिएन। बुटवलस्थित तिनाउमा पनि पुल थिएन। यात्रु रुपैडिया र भैरहवा भएर भारतीय भूमि हुँदै विराटनगर वा काठमाडौं जानुपर्ने परिस्थिति थियो। केही समय अवरोध भए पनि जसोतसो २०७० सम्म विमान सञ्चालनमा आएको थियो।

त्यसपछि टरिगाउँ विमानस्थलको कालोपत्रेको लागि विमान अवरुद्ध बन्यो। विमान कालोपत्रे भएपछि तारा एयरले पहिलोपटक दाङ र रुुकममा एकै दिन परीक्षण उडान भरेको थियो। त्यसपछि रुकुममा विमान नियमित भए पनि त्यसको झण्डै एक वर्षको अन्तरालमा मात्रै ०७२ जेठ १४ देखि टरिगाउँ विमानस्थलबाट गोमा एयरले विमान सेवा सुरु गरेपनि एक वर्ष पुग्दा नपुग्दै अवरुद्ध बन्यो। त्यसको प्रमुख कारण पर्याप्त यात्रु नपाउनु थियो। २०७५ सालदेखि भने नियमितरुपमा हवाई सञ्चालन भइरहेको छ। उक्त विमानस्थलमा हाल १९ सिट क्षमताको विमान मात्रै अवतरण गर्न सक्छ। साढे आठ करोडको टेन्डरबाट कालोपत्रे गरिएको टरिगाउँ विमानस्थलको धावनमार्गको लम्बाइ सातसय ५० मिटरको छ भने चौडाइ ३० मिटर छ।

ठूला खाले विमान अवतरणलाई कम्तीमा धावनमार्गको लम्बाइ एक हजार दुईसय मिटरदेखि माथि एक हजार पाँचसय मिटरसम्मको र चौडाइ ३० देखि ५० मिटरसम्मको धावन मार्ग कालोपत्रे आवश्यक पर्छ। हाल यहाँ नेपाल एयरलाइन्स र सीता एयरलाइन्सका जहाजले उडान भरिरहेका छन्। हाल शुक्रबारबाहेक सबै दिन टरिगाउँबाट हवाई सेवा छ। रासस 


प्रकाशित : शनिबार, चैत १८ २०७९१२:१८
प्रतिक्रिया दिनुहोस
कार्यकारी सम्पादक

केदार दाहाल

सूचना तथा प्रसारण विभाग दर्ता नम्बर

२८३८/०७८-७९

© 2025 All right reserved to biznessnews.com  | Site By : SobizTrend