बिहीबार , असार ३२ गते २०८३    
बिहीबार , असार ३२ २०८३

टानले भन्यो - टिम्सले पर्वतीय पर्यटनलाई थप सुरक्षित बनाउने छ

बिजनेस न्युज
बिजनेस न्युज
शनिबार, चैत १८ २०७९
टानले भन्यो - टिम्सले पर्वतीय पर्यटनलाई थप सुरक्षित बनाउने छ

पर्वतीय पर्यटनद्वारा राज्यको कुल ग्रार्हस्थ्य उत्पादनमा पुर्‍याउने योगदानलाई वृद्धि हुने विश्वास टानले लिएको छ।

काठमाडौं- ट्रेकिङ एजेन्सीज् एसोसिएसन अफ नेपाल (टान) ले पदयात्री सूचना व्यवस्थापन प्रणाली (टिम्स) को नयाँ मापदण्डले पदयात्रा तथा पर्वतीय पर्यटनलाई थप सुरक्षित बनाउन सहयोग पुग्ने बताएको छ।

टानका अध्यक्ष नीलहरि बाँस्तोलाले आज एक विज्ञप्ति जारी गरी भर्खरै सरकारले पदयात्री सूचना व्यवस्थापन प्रणाली (टिम्स) लाई व्यवस्थित गर्ने सम्बन्धी मापदण्ड-२०७९ ल्याएको र उक्त मापदण्डले नेपालको पदयात्रा तथा पर्वतीय पर्यटनलाई थप सुरक्षित बनाउन सहयोग पुग्ने बताएका हुन्। 

‘नेपाल पर्यटन बोर्डको कार्यकारी समितिको बैठकले पदयात्री सूचना व्यवस्थापन प्रणाली (टिम्स) लाई व्यवस्थित गर्ने सम्बन्धी मापदण्ड-२०७९ जारी गरिएकामा टान नेपाल पर्यटन बोर्डको सो निर्णयको स्वागत गर्दछ’, अध्यक्ष बाँस्तोलाद्वारा जारी विज्ञप्तिमा भनिएको छ।

उनले विश्व पर्यटन बजारमा नेपाललाई सुरक्षित गन्तव्यका रुपमा चिनाउने यस क्षेत्रलाई थप गुणस्तरीय र प्रतिस्पर्धी बनाउने, पर्वतीय पर्यटन क्षेत्रमा संलग्न उद्यमी तथा व्यवसायीको आत्मविश्वास बढाइ थप लगानी गर्न आकर्षित गर्ने र उल्लेख्य रुपमा रोजगारी वृद्धि गर्न टिम्सले सहयोग पुग्ने बताए।

पर्वतीय पर्यटनद्वारा राज्यको कुल ग्रार्हस्थ्य उत्पादनमा पुर्‍याउने योगदानलाई वृद्धि हुने विश्वास टानले लिएको छ। अध्यक्ष बाँस्तोलाले पर्यटनलाई सुरक्षित, मर्यादित, व्यवसायीमैत्री, रोजगारमूलक र दिगो बनाउन आवश्यक पर्ने नीतिगत सुधारका लागि टानले विगत लामो समयदेखि काम गर्दै आएको र आगामी दिनमा पनि गर्ने प्रतिबद्धतासमेत व्यक्त गरेका छन्। रासस


प्रकाशित : शनिबार, चैत १८ २०७९०६:५०
प्रतिक्रिया दिनुहोस
कार्यकारी सम्पादक

केदार दाहाल

सूचना तथा प्रसारण विभाग दर्ता नम्बर

२८३८/०७८-७९

© 2026 All right reserved to biznessnews.com  | Site By : SobizTrend