बिहीबार , असार ३२ गते २०८३    
बिहीबार , असार ३२ २०८३

भोजपुर विमानस्थलमा टर्मिनल भवन निर्माणसँगै मेघौली विमानस्थलको रनवे पनि मर्मत गरिँदै

शुक्रबार, चैत १७ २०७९
भोजपुर विमानस्थलमा टर्मिनल भवन निर्माणसँगै मेघौली विमानस्थलको रनवे पनि मर्मत गरिँदै

काठमाडौं- भोजपुर विमानस्थलमा नयाँ टर्मिनल भवन निर्माण हुने भएको छ।

नेपाल नागरिक उड्डयन प्राधिकरण एरोड्रोम इन्जिनियरिङ विभागले टर्मिनल भवन निर्माणका लागि भन्दै टेन्डर गरेको छ। विमानस्थलमा नयाँ टर्मिनल भवन निर्माणका लागि ७ करोड रुपैयाँको लागत अनुमान गरिएको छ।

यसैगरी प्राधिकरणले सिमरा विमानस्थलमा पनि १० करोड रुपैयाँ खर्चेर आसपाल्ट ओभरले  लगायको काम गर्ने भएको छ। यसैगरी प्राधिकरणले मेघौली विमानस्थलको समेत स्तरोन्नतिका काम गर्ने भएको छ।

प्राधिकरणले रवे मर्मत  लगायतको कामका लागि टेन्डर गरेको छ। मेघौली विमानस्थलको स्तरोन्नतिमा १ करोड ४० लाख रुपैयाँको लागत अनुमान सहित टेन्डर गरिएको हो।


प्रकाशित : शुक्रबार, चैत १७ २०७९०२:३४

प्रतिक्रिया दिनुहोस
कार्यकारी सम्पादक

केदार दाहाल

सूचना तथा प्रसारण विभाग दर्ता नम्बर

२८३८/०७८-७९

© 2026 All right reserved to biznessnews.com  | Site By : SobizTrend