बिहीबार , असार ३२ गते २०८३    
बिहीबार , असार ३२ २०८३

निगम व्यवस्थापनको चरम लापरबाही : पन्चर टायर समयमै फेर्न नसक्दा जहाज दिल्लीमै ग्राउन्डेड

२५१ यात्रुलाई राखियो होटलमा

शुक्रबार, चैत १७ २०७९
निगम व्यवस्थापनको चरम लापरबाही : पन्चर टायर समयमै फेर्न नसक्दा जहाज दिल्लीमै ग्राउन्डेड

काठमाडौं- नेपाल वायु सेवा निगमको वाइडबडी जहाज दिल्लीमै ग्राउन्डेड भएको छ। बिहीबार दिउँसो नेपालबाट दिल्ली  उडेको जहाज साँझ नेपाल फर्कनु पर्ने थियो।

तर जहाज दिल्लीमै ग्राउन्डेड भएको हो। जहाजको वायाँतर्फका २ वटा टायर ब्रस्ट भएपछि जहाज दिल्लीमै ग्राउन्डेड भएको हो। जहाजकफ टायर ब्रस्ट हुने विषय सनमान्य हो।

निगम व्यवस्थापनको चरम लापरबाहीका कारण समयमै जहाजको टायर परिवर्तन  हुन नसक्दा जहाज दिल्लीमै रोकिएको हो। दिल्ली स्टेशनमा जगेडा टायर नहुँदा जहाज रोकिएको हो।

आफूसँग जगेडा टायर नभएपछि निगमले कतार एयरसँझ टायर सापट्टटी लिएर शुक्रबार जहाज नेपाल ल्याउने तयारी गरेको छ।

जहाजमा नेपाल आउने २५१ यात्रुलाई एयरलाइन्सले आफ्नै खर्चमा दिल्लीमा राखेको निगम स्रोतले जनाएको छ।


प्रकाशित : शुक्रबार, चैत १७ २०७९००:२५

प्रतिक्रिया दिनुहोस
कार्यकारी सम्पादक

केदार दाहाल

सूचना तथा प्रसारण विभाग दर्ता नम्बर

२८३८/०७८-७९

© 2026 All right reserved to biznessnews.com  | Site By : SobizTrend