शनिबार, साउन १२ गते २०८१    
images
images
images
प्रतिव्यक्ति आयका आधारमा संसारका धनी देश

लक्जम्बर्गको प्रतिव्यक्ति वार्षिक आय १ लाख २८ हजार, बुरुन्डीको जम्मा ३०३ डलर 

भारत र नेपालीको कति?  

images
शुक्रबार, चैत १७ २०७९
images
images
लक्जम्बर्गको प्रतिव्यक्ति वार्षिक आय १ लाख २८ हजार, बुरुन्डीको जम्मा ३०३ डलर 

लक्जम्बर्गको प्रतिव्यक्ति आय विश्वको सबैभन्दा गरिब देश बुरुन्डीको प्रतिव्यक्ति आयभन्दा ४ सय १५ गुण बढी रहेको छ। 

images

काठमाडौं- संसारभर रहेका देशका नागरिकले वार्षिक औषत कति आम्दानी गर्छन्?, यो धेरैको चासोको विषय हो। यसैले देशका नागरिकको आयस्तर र जीवन स्तर देखाउँछ पनि। 

images
images

प्रतिव्यक्ति आयका आधारमा संसारको सबैभन्दा धनी देश लक्जम्बर्ग रहेको छ। लक्जम्बर्गका नागरिकको वार्षिक प्रतिव्यक्ति आय १ लाख २८ हजार ८ सय २० अमेरिकी डलर रहेको छ। त्यस्तै सबैभन्दा कम प्रतिव्यक्ति आय भएको देश बुरुन्डी हो। बुरुन्डीका नागरिकको वार्षिक प्रतिव्यक्ति आय जम्मा ३ सय ३ अमेरिकी डलर रहेको छ। 

images

अन्तर्राष्ट्रिय मुद्रा कोष (आईएमएफ)ले हालै गरेको २०२३ को प्रतिव्यक्ति आयको प्रोजेक्सनका आधारमा भिजुअल क्यापिटालिस्टले लेखेको छ। विश्वभरका व्यक्तहरुको प्रतिव्यक्ति आय हरेक वर्ष बढी रहेको छ। २०२३ मा विश्वभरका मानिसको वार्षिक औषत प्रतिव्यक्त आय १३ हजार ९ सय २० अमेरिकी डलर हुने अनुमान आईएमएफले गरेको छ। 

२०२२ मा विश्वभरका मानिसको वार्षिक औषत आय १३ हजार ४ सय डलर पुग्दा २०२० मा ११ हजार १ सय ६० डलरमात्र थियो। यो तथयांक सबै देशको राष्ट्रिय तथ्यांकका आधारमा तय भएको र यसमा मुद्रास्फिती बारे समावेश नगरिएको आईएमएफले उल्लेख गरेको छ। 

images

युरोपको सबैभन्दा सानो देश लक्जम्बर्गको जनसंख्या ६ लाख ३४ हजार रहेको छ। उक्त देश विगतमा स्टिल उत्पादक मुलुकका रुपमा परिचित थियो भने हाल यो देश वित्तीय सेवा प्रदायकका रुपमा परिचित रहेको छ। यही क्षेत्रबाट लक्जम्बर्गले सबैभन्दा धेरै आर्थिक लाभ लिइरहेको छ। 

लक्जम्बर्गको प्रतिव्यक्ति आय विश्वको सबैभन्दा गरिब देश बुरुन्डीको प्रतिव्यक्ति आयभन्दा ४ सय १५ गुण बढी रहेको छ। 

per capita.PNG

प्रतिव्यक्ति आयका आधारमा संसारको दोस्रो धनी देश आयरल्यान्ड हो। आयरल्यान्डको प्रतिव्यक्ति वार्षिक आय १ लाख ७ हजार डलर रहेको छ। आयरल्यान्डलाई पक्षाएको स्वीजरल्यान्डको वार्षिक प्रतिव्यक्ति आय ९४ हजार डलर रहेको छ। 

त्यस्तै चौथो स्थानमा रहेको एसियाली मुलुक कतारको वार्षिक प्रतिव्यक्ति आय ८९ हजार ४ सय १७ डलर रहेको छ। पाँचौं स्थानमा युरोपेली मुलुक नर्वे छ जनको वार्षिक आय ८८ हजार ७ सय ४९ डलर रहेको छ। 

वार्षिक प्रतिव्यक्ति आयका आधारमा विश्वका सर्वाधि धनी देशहरु युरोम र उत्तर अमेरिकामा रहेका छन्। त्यस्तै गरि गरिब मुलुकहरु अफ्रिकामा धेरै रहेका छन्।

बेलायतको प्रतिव्यक्ति वार्षिक आय ५१ हजार २ सय ८७ डलर हुँदा संसारको शक्तिशाली मुलुक अमेरिकाको वार्षिक प्रतिव्यक्ति आय ७८ हजार ४ सय २२ डलर रहेको छ। अमेरिका प्रतिव्यक्ति वार्षिक आम्दानी धेरै हुने सूचीमा ७ औं स्थानमा रहेको छ। 

त्यस्तै अस्ट्रेलियाको वार्षिक प्रतिव्यक्ति आय ६८ हजार २४ अमेरिकी डलर रहेको छ। 

नेपालका दुई छिमेकी मुलुक चीन र भारतको वार्षिक प्रतिव्यक्ति आय क्रमशः १३ हजार ६ सय ३० र २ हजार ६ सय ९२ अमेरिकी डलर रहेको छ। नेपालीहरुको वार्षिक प्रतिव्यक्ति आय १ हजार ३ सय ७२ डलर रहेको छ। 


प्रकाशित : शुक्रबार, चैत १७ २०७९००:३८

प्रतिक्रिया दिनुहोस
कार्यकारी सम्पादक

केदार दाहाल

सूचना तथा प्रसारण विभाग दर्ता नम्बर

२८३८/०७८-७९

© 2024 All right reserved to biznessnews.com  | Site By : SobizTrend