बिहीबार , असार ३२ गते २०८३    
बिहीबार , असार ३२ २०८३

विमानस्थल कार्यालयलाई पर्यटनमन्त्रीको १२ प्रश्न : महँगी नियन्त्रण भयो कि भएन? बाँदर र कुकुर कसरी पस्यो?

बिहीबार , चैत १६ २०७९
विमानस्थल कार्यालयलाई पर्यटनमन्त्रीको १२ प्रश्न : महँगी नियन्त्रण भयो कि भएन? बाँदर र कुकुर कसरी पस्यो?

विमानस्थल कार्यालयका कर्मचारीसँग पर्यटनमन्त्री सुदन किरातीले लगेज चाेरी लगायत १२ प्रश्नको जवाफ मागेका छन्। 

काठमाडौं- त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलका सेवासुविधाका विषयमा प्रश्न उठिरहेका बेला संस्कृति, पर्यटन तथा नागरिक उड्डयनमन्त्री सुदन किरातीले विमानस्थल कार्यालयलाई कार्यप्रगतिबारे जिज्ञासा तथा प्रश्न राखेका छन्। 

मन्त्री किरातीले विमानस्थल कार्यालयमा आकस्मिक बैठक डाकेर विमानस्थलको सेवासुविधमा सुधार आए/नआएकोबारे प्रश्न सोधेका हुन्। विमानस्थल कार्यालयका कर्मचारीसँग उनले लगेज चाेरीलगायत १२ प्रश्नको जवाफ मागेका छन्। 

यस्ता छन् मन्त्री किरातीका १२ प्रश्न :

१. लगेज चोरिएको घटनाहरु सत्य हो? 
२. आगमन बाटोमा यात्रु लड्ने विद्युतीय भर्‍याङको समस्यामा के हुँदैछ र कहिलेसम्म बनिसक्छ?
३. सरसफाई अभियान के कस्तो चल्दैछ? 
४. समयमा जहाज उड्दैछ कि छैन? 
५. यात्रुमैत्री विमानस्थल बन्दैछ कि छैन ?
६. एयरपोर्टभित्र महँगी नियन्त्रण भयो कि भएन? 
७. ब्रेकबिनाको ट्रली फेर्ने काम कहाँ पुग्यो?
८. शौचालयभित्र बजिरहेको संगीत किन बन्द भयो?
९. महिला शौचालयमा सेनिट्यारी प्याड राख्ने काम के भयो ?
१०. एयरपोर्ट अगाडिको ब्यूटिफिकेशन के भयो? 
११. एयरपोर्टभित्र कुकुर र बाँदर कसरी पस्यो?
१२. एयरपोर्टभित्र वाईफाई प्रभावकारी किन चल्दैन?


प्रकाशित : बिहीबार , चैत १६ २०७९११:०५

प्रतिक्रिया दिनुहोस
कार्यकारी सम्पादक

केदार दाहाल

सूचना तथा प्रसारण विभाग दर्ता नम्बर

२८३८/०७८-७९

© 2026 All right reserved to biznessnews.com  | Site By : SobizTrend