बिहीबार , असार ३२ गते २०८३    
बिहीबार , असार ३२ २०८३

लगातार उतारचढावमा सेयर बजार, सरकार विस्तार पूर्ण नहुँदा विश्वस्त छैनन् लगानीकर्ता

सातामा अन्तिम दिन ८९ करोड ९५ लाख रूपैयाँको मात्र कारोबार

बिहीबार , चैत १६ २०७९
लगातार उतारचढावमा सेयर बजार, सरकार विस्तार पूर्ण नहुँदा विश्वस्त छैनन् लगानीकर्ता

काठमाडौं- गएको केही सातायता देखिएजस्तै यो साता पनि सेयर बजार उतारचढावमा नै रह्यो। सरकार विस्तारमा देखिएको अन्योलका बीच लगानीकर्ताले विश्वस्त हुने आधार नभेट्दा लय समात्ने आश गरिएको बजार उही बिन्दु वरपर रहिरह्यो। 

साताभर समग्रमा ६.९२ अंकको गिरावट देखिएको बजार अन्तिम दिन बिहीबार १०.८७ अंकले घट्यो। बिहीबार ४९ कम्पनीको मात्र सेयर मूल्य बढेको बजारमा ८९ करोड ९५ लाख ३२ हजार रूपैयाँको मात्र कारोबार भएको छ। यो पछिल्ला केही हप्तायताकै न्यून कारोबार हो। 

यो साता आइतबार २६‍.८७ अंकले घटेको बजार सोमबार १७.७० अंकले र मंगलबार १२.१० अंकले बढेको थियो। बुधबार १.०२ अंकले मात्र बढेर बजार १९१९.४२ बिन्दुमा पुगेको थियो। 

सरकार विस्तारमा देखिएको अन्योलले लगानीकर्ता विश्वस्त हुन नसकिरहेको समयमा पनि बजारले सुधारको आश भने देखाएको विश्लेषकहरू बताउँछन्। अब मन्त्रालय भागबन्डाको टुंगो लागेसँगै नीतिगत साथ पाउने आश्वस्तता आए बजारले गति समात्ने विश्लेषकहरू बताउँछन्।

पछिल्लो समय २००० को मनोवैज्ञानिक आधार बिन्दुबाटै बजार ओर्लिएर पुरानै अवस्थामा आइपुगेपछि लगानीकर्ताले बजारमा विश्वास गुमाएका थिए। अहिलेको लगातारको सुधारमा लगानीकर्ताको विश्वास बढाउन नयाँ आउने अर्थमन्त्रीले पहल गर्नुपर्ने संगठित लगानीकर्ताहरूले बताएका छन्। 


प्रकाशित : बिहीबार , चैत १६ २०७९०९:१८

प्रतिक्रिया दिनुहोस
कार्यकारी सम्पादक

केदार दाहाल

सूचना तथा प्रसारण विभाग दर्ता नम्बर

२८३८/०७८-७९

© 2026 All right reserved to biznessnews.com  | Site By : SobizTrend