शनिबार, साउन १२ गते २०८१    
images
images
images

१ अर्ब ९२ करोड लागतमा भरतपुर विमानस्थलमा आधुनिक टर्मिनल बन्दै, प्रधानमन्त्रीले गरे शिलान्यास

images
बिहीबार , चैत १६ २०७९
images
images
१ अर्ब ९२  करोड लागतमा भरतपुर विमानस्थलमा आधुनिक टर्मिनल बन्दै, प्रधानमन्त्रीले गरे शिलान्यास

भरतपुर विमानस्थलमा अहिले प्रयोगमा रहेको टर्मिनल भवन २२ वर्ष अगाडि बनेको हो।

images

काठमाडौं- चितवनको भरतपुर विमानस्थल सञ्चालनको ६५ वर्षपछि सुविधासम्पन्न आधनुनिक टर्मिनल भवन निर्माण हुने भएको छ। टर्मिनल भवनको बिहीबार प्रधानमन्त्री पुष्पकमल दाहाल 'प्रचण्ड' ले शिलान्यास गरेका छन्।

images
images

भवनको शिलान्यास गर्दै प्रचण्डले विमानस्थलको विकास र स्तराेन्नतिका काम सुरू भएको बताए। भरतपुर विमास्थल विस्तारमा लामो सयमदेखि लविङ गर्दै आएका प्रधानमन्त्री दाहालले केही समयमै विमानस्थलको रनवे विस्तारको काम पनि सुरू हुने बताए।

images
cc.jpg

विमानस्थलमा अहिले प्रयोगमा रहेको टर्मिनल भवन २२ वर्ष अगाडि बनेको हो। नेपाल नागरिक उड्डयन प्राधिकरणले टर्मिलन भवन पुरानो भइसकेको र यात्रुको चापु थेग्न नसक्ने भएपछि नयाँ टर्मिलन भवन निर्माण गर्न लागिएको हो। 

टर्मिनल भवन निर्माणका लागि प्राधिकरणले सोमबार मात्रै निर्माण कम्पनीसँग सम्झौता गरेको थियो। प्राधिकरणले करबाहेक एक अर्ब ९२ करोड रुपैयाँमा भवन निर्माणका लागि सम्झौता गरेको हो।

images

निर्माण कम्पनीले ३ वर्षभित्र भवन निर्माण गरिसक्नु पर्ने गरी सम्झौता भएको छ। 

ch.jpg

निर्माणको जिम्मा केसी क्षमा देवी प्रतिष्ठा जेवीले पाएको छ। विमानस्थलमा सिवानी एयरको ह्याङगर रहेको ठाउँमा टर्मिनल भवन निर्माण हुनेछ। ४ हजार ८ सय स्क्वायर मिटर क्षेत्रफलमा २ तले भवन निर्माण हुनेछ। टर्मिनल भवनको कुल स्पेस भने ८ हजार स्क्वायर वर्ग मिटरभन्दा बढी हुनेछ।

c.jpg

 


प्रकाशित : बिहीबार , चैत १६ २०७९०६:३६

प्रतिक्रिया दिनुहोस
कार्यकारी सम्पादक

केदार दाहाल

सूचना तथा प्रसारण विभाग दर्ता नम्बर

२८३८/०७८-७९

© 2024 All right reserved to biznessnews.com  | Site By : SobizTrend