बिहीबार , असार ३२ गते २०८३    
बिहीबार , असार ३२ २०८३

२५ लाख ८० हजार कित्ता सेयर निष्कासन गर्दै बन्दीपुर केबलकार

बिजनेस न्युज
बिजनेस न्युज
बिहीबार , चैत १६ २०७९
२५ लाख ८० हजार कित्ता सेयर निष्कासन गर्दै बन्दीपुर केबलकार

बन्दीपुर केबलकार एण्ड टुरिजम लिमिटेडले प्रतिसेयर एकसय दरका २५ लाख ८० हजार कित्ता सेयर निष्कासन गर्न लागेको हो।

दमौली- तनहुँको बन्दीपुर गाउँपालिकामा निर्माणाधीन बन्दीपुर केबलकारले आईपीओ निष्कासन गर्ने भएको छ।

बन्दीपुर केबलकार एण्ड टुरिजम लिमिटेडले प्राथमिक सेयर निष्कासनका लागि नेपाल एसबिआई मर्चेण्ट बैंकिङ लिमिटेडसँग सम्झौता गरेको छ। प्रतिसेयर एकसय दरका २५ लाख ८० हजार कित्ता सेयर निष्कासन गर्न लागेको हो।

आईपीओ निष्कासनका लागि बुधबार नेपाल एसबिआई मर्चेण्ट बैंकिङ लिमिटेडका प्रबन्ध सञ्चालक तथा प्रमुख कार्यकारी अधिकृत देवराज अधिकारी र बन्दीपुर केबलकार एण्ड टुरिजम लिमिटेडका अध्यक्ष रामचन्द्र शर्माबीच धितोपत्र निष्कासन तथा बिक्री प्रबन्धकसम्बन्धी सम्झौतापत्रमा हस्ताक्षर गरेका छन्। 

कुल तीन अर्ब ४९ करोड लागत रहेको कम्पनीको चुक्ता पुँजी दुई अर्ब १५ करोड छ। चुक्ता पुँजीको दुई प्रतिशत अर्थात् चार करोड ३० लाख बराबरको साधारण सेयर परियोजना प्रभावित स्थानीयलाई छुट्याइनेछ भने दश प्रतिशत अर्थात २१ करोड ५० लाख रूपैयाँ बराबरको सेयर सर्वसाधारणलाई छुट्याइने छ।

परियोजना निर्माण विसं २०७६ साउन ४ मा सुरु भएको थियो। कम्पनीले केबलकार, पाँच तारे होटल, जीप लाइन, बन्जी जम्प, क्यान्टि लिभर सहितको सिसाको पुल, क्विन टावर लगायतका पूर्वाधार निर्माण गर्दैछ। 

कम्पनीले विसं २०८० वैशाख २५ गते केबलकार सञ्चालनका लागि परीक्षण गर्ने तयारी थालेको छ भने पाँच तारे होटल आगामी मंसिरमा सञ्चालन गर्ने कम्पनीको तयारी छ। बन्दीपुर गाउँपालिका-४ ठुल्ढुंगादेखि बरालथोकसम्म पुग्छ। केवलकार एक किलोमिटर लम्बाइको हुनेछ। रासस 


प्रकाशित : बिहीबार , चैत १६ २०७९०६:१६
प्रतिक्रिया दिनुहोस
कार्यकारी सम्पादक

केदार दाहाल

सूचना तथा प्रसारण विभाग दर्ता नम्बर

२८३८/०७८-७९

© 2026 All right reserved to biznessnews.com  | Site By : SobizTrend