बिहीबार , असार ३२ गते २०८३    
बिहीबार , असार ३२ २०८३

दुई महिनाभित्रै बुक बिल्डिङ प्रक्रिया टुंगोमा पुग्दैछ - अध्यक्ष हमाल

बुधबार, चैत १५ २०७९
दुई महिनाभित्रै बुक बिल्डिङ प्रक्रिया टुंगोमा पुग्दैछ - अध्यक्ष हमाल

नेपाल धितोपत्र बोर्डका अध्यक्ष रमेशकुमार हमालले ब्रोकर कमिसन घटाउने तयारीमा रहेको बताएका छन्।

काठमाडौं- नेपाल धितोपत्र बोर्डका अध्यक्ष रमेशकुमार हमालले बुक बिल्डिङ प्रक्रिया दुई महिनाभित्र टुंगो लाग्ने बताएका छन्।

गत हप्ता मात्र नेप्से, मर्चेन्ट बैक लगायतसँग गहन अध्ययन गरी एउटा समिति बनाइएकाे उनले जानकारी दिए। लगानीकर्ताको सेयर भ्यालुलाई मूल्यांकन गरी निर्णय लिन निर्देशन दिएको उनले बताए।  

उनले ब्रोकर कमिसन घटाउने तयारीमा रहेको समेत बताए। लगानीकर्ताहरुको संगठनहरुले गरेको 'समृद्ध नेपालको आधार पुँजीबजार सुधार' कार्यक्रममा दिनेक्रममा यस्तो बताएका हुन्।

‘मैले पहिलेदेखि नै ब्रोकर कमिसन घटाउन पहल गर्छु भनेको थिएँ। आज पनि त्यसमा लागिरहेको छु', उनले भने, 'अहिले बजार करेक्सन भएकाले पर्खिएको हुँ। बजार थोरै मुभ भएसँगै यो अघि बढ्छ।’ 

ब्रोकर कमिसन मात्र नभइ सिडिएसी, धितोपत्र कमिसन घटाउन पनि तयार रहनुपर्ने भन्दै यसमा होमवर्क गरेको उनले बताए।


प्रकाशित : बुधबार, चैत १५ २०७९१२:००

प्रतिक्रिया दिनुहोस
कार्यकारी सम्पादक

केदार दाहाल

सूचना तथा प्रसारण विभाग दर्ता नम्बर

२८३८/०७८-७९

© 2026 All right reserved to biznessnews.com  | Site By : SobizTrend