बिहीबार , असार ३२ गते २०८३    
बिहीबार , असार ३२ २०८३

नयाँ वर्ष २०८० मा बससेवा सुनको हार उपहार योजना, अग्रिम टिकट काट्नेलाई प्राथमकिता 

बिजनेस न्युज
बिजनेस न्युज
बुधबार, चैत १५ २०७९
नयाँ वर्ष २०८० मा बससेवा सुनको हार उपहार योजना, अग्रिम टिकट काट्नेलाई प्राथमकिता 

बससेवाबाट नेपालका अधिकांश रूटहरूका बस टिकट अनलाइन मार्फत काट्न सकिन्छ। यात्रुहरूले बससेवा डटकम, तथा बससेवाको मोबाईल एप्लिकेशन तथा अन्य  सेवा प्रदायकका मोबाईल एप्लीकेशनबाट टिकट काट्न सक्छन्। 

काठमाडौं-  नेपालमा अनलाइन मार्फत बस टिकटिङ् सेवा प्रदान गर्दै आएको बससेवा डटकमले नयाँ वर्ष २०८० सालको नयाँ वर्षमा घुम्न जाने व्यक्तिहरूलाई लक्षित गर्दै ‘सुनको हार’ उपहार योजना सार्बजनिक गरेको छ। 

चैत्र १५ गतेदेखि बैशाख ५ गतेसम्म लागु हुने यस योजनामा सहभागी यात्रुहरूले अनलाइन मार्फत टिकट काटेको हुनुपर्नेछ। आफू जाने दिनमा अनलाइन टिकट काट्ने यात्रुहरूलाई अग्रिम टिकट काट्न बानी बसाल्न पनि यस किसिमको योजना सञ्चालन गरिएको कम्पनीले जानकारी दिएको छ। 

२० दिनको अवधिमा अनलाइन मार्फत टिकट काट्ने यात्रुहरूमध्ये एक जनाले गोलाप्रथा मार्फत सुनको हार जित्न सक्नेछन्। त्यस्तै  २ जना विजेताले कम्पनीको तर्फबाट आकर्षक उपहार पाउनेछन्। 

बससेवाबाट नेपालका अधिकांश रूटहरूका बस टिकट अनलाइन मार्फत काट्न सकिन्छ। यात्रुहरूले बससेवा डटकम, तथा बससेवाको मोबाईल एप्लिकेशन तथा अन्य  सेवा प्रदायकका मोबाईल एप्लीकेशनबाट टिकट काट्न सक्छन्। 

बससेवा नेपालको एकमात्र अनलाइन बस टिकट विक्री गर्ने माध्यम हो । बससेवामा अधिकांश यातायात समिति तथा कम्पनी आबद्ध रहेका छन् । जसबाट १ सय ८० वटा बस कम्पनीका ३५ हजार सिट बुक गर्न सकिन्छ । 

प्रकाशित : बुधबार, चैत १५ २०७९१०:१०
प्रतिक्रिया दिनुहोस
कार्यकारी सम्पादक

केदार दाहाल

सूचना तथा प्रसारण विभाग दर्ता नम्बर

२८३८/०७८-७९

© 2026 All right reserved to biznessnews.com  | Site By : SobizTrend