बिहीबार , असार ३२ गते २०८३    
बिहीबार , असार ३२ २०८३

सरकार विस्तारकाे अलमलले लय समातेको सेयर बजार पुनः स्थिर

बुधबार, चैत १५ २०७९
सरकार विस्तारकाे अलमलले लय समातेको सेयर बजार पुनः स्थिर

बुधबार १.०२ अंकले बढेर बजार १९१९.४२ बिन्दुमा पुगेको छ।

काठमाडौं- लगातार घटेर सोमबार यता पुनः लय समातेको सेयर बजार बुधबार भने स्थिर देखिएको छ।

सरकार गठनको विषय अलमल हुँदा सेयर बजार पनि स्थिर देखिएको हो। खासगरी मन्त्रिपरिषद् गठनको अन्तिम तयारी हुँदा सेयर बजार पनि लयमा देखिएको थियो। नेपाली कांग्रेसको पोल्टामा अर्थमन्त्रालय जाने चर्चाले केही दिन देखि सेयर बजार गतिमा देखिएको थियो। 

बुधबार १.०२ अंकले बढेर बजार १९१९.४२ बिन्दुमा पुगेको छ। ८७ कम्पनीको सेयर मूल्य बढेको बजारमा ८१ करोड ६२ लाख १९ हजार रूपैयाँको कारोबार भएको छ। ‍१ सय १४ कम्पनीको सेयर मूल्य घट्दा १५ कम्पनीको स्थिर रह्यो।

साताको दोस्रो कारोबारमा सोमबार सुधार देखिएको सेयर बजारमा मंगलबार पनि सुधार देखिएको थियो। मंगलबार १२.१० अंकले बढेर बजार १९१८.१० बिन्दुमा पुगेको थियो। १ सय ४२ कम्पनीको सेयर मूल्य बढेको बजारमा १ अर्ब ४४ करोड ३७ लाख रूपैयाँको कारोबार भएको थियाे। 

यो साता आइतबार आइतबार २६‍.८७ अंकले घटेको बजार सोमबार १७.७० अंकले बढेर बजार १९०६.०० बिन्दुमा पुगेको थियो। केही ठूला लगानीकर्ताको वरपर देखिने गरेको बजारमा लगानीकर्ता विश्वस्त हुन नसक्दा पुनः उतारचढावले उही बिन्दु वरपर तलमाथि भइरहेको देखिन्छ।

पछिल्लो समय २००० को मनोवैज्ञानिक आधार बिन्दुबाटै बजार ओर्लिएर पुरानै अवस्थामा आइपुगेपछि लगानीकर्ताले बजारमा विश्वास गुमाएका थिए। अहिलेको लगातारको सुधारमा लगानीकर्ताको विश्वास बढाउन नयाँ आउने अर्थमन्त्रीले पहल गर्नुपर्ने संगठित लगानीकर्ताहरूले बताएका छन्। 


प्रकाशित : बुधबार, चैत १५ २०७९०९:१९

प्रतिक्रिया दिनुहोस
कार्यकारी सम्पादक

केदार दाहाल

सूचना तथा प्रसारण विभाग दर्ता नम्बर

२८३८/०७८-७९

© 2026 All right reserved to biznessnews.com  | Site By : SobizTrend