बिहीबार , असार ३२ गते २०८३    
बिहीबार , असार ३२ २०८३

लाभांश पारित गर्दै सकियो कृषि विकास बैंकको वार्षिक साधारणसभा

बुधबार, चैत १५ २०७९
लाभांश पारित गर्दै सकियो कृषि विकास बैंकको वार्षिक साधारणसभा

बैंकका करिब ३ लाख ६० हजारको संख्यामा रहेका सेयरधनीहरुलाई उक्त साधरणसभाले प्रतिफलस्वरुप चुक्ता पुँजीको ११ प्रतिशत नगद लाभांश र २ प्रतिशत बोनस सेयर वितरण गर्ने प्रस्ताव समेत पास गरेको छ।

काठमाडौं- कृषि विकास बैंकको वार्षिक साधरणसभा सम्पन्न भएको छ। बैंकको केन्द्रीय तालिम प्रतिष्ठान बोडे भक्तपुरमा मंगलबार साधारणसभा सम्पन्न भएको हो।

देशका अति दुर्गमदेखि सुगम ठाउँहरुमा २८० वटा शाखाहरुबाट आधुनिक बैंकिङ सेवा पुर्‍याउन सफल भएको तथा नेपालका बाणिज्य बैंकहरु मध्ये कृषिमा सबैभन्दा बढी लगानी गरेको कृषि विकास बैंक १६ औं साधरणसभा बैंक सञ्चालक समितिका अध्यक्ष रामशरण पुडासैनीको अध्यक्षतामा सम्पन्न भएको हो।

बैंकका करिब ३ लाख ६० हजारको संख्यामा रहेका सेयरधनीहरुलाई उक्त साधरणसभाले प्रतिफलस्वरुप चुक्ता पुँजीको ११ प्रतिशत नगद लाभांश र २ प्रतिशत बोनस सेयर वितरण गर्ने प्रस्ताव समेत पास गरेको छ।

साधरणसभामा बक्ताको रुपमा भाग लिएका सेयरधनीहरुले उठाएको जिज्ञासका सम्बन्धमा सञ्चालक समिति अध्यक्ष पुडासैनीले स्पष्ट पार्नुका साथै सेयरधनीहरुबाट प्राप्त सुझावहरुलाई नियमानुसार कार्यान्वयन गर्दै जाने प्रतिबद्धता व्यक्त गरे।

साथै बैंकका प्रमुख कार्यकारी अधिकृत गोविन्द गुरुङले सेयरधनीबाट प्राप्त सुझावलाई समेत आधार बनाई आगामी दिनमा बैंकलाई थप सशक्त रुपमा अगाडी बढाउने प्रतिबद्धता व्यक्त गरे।

प्रकाशित : बुधबार, चैत १५ २०७९०८:३०

प्रतिक्रिया दिनुहोस
कार्यकारी सम्पादक

केदार दाहाल

सूचना तथा प्रसारण विभाग दर्ता नम्बर

२८३८/०७८-७९

© 2026 All right reserved to biznessnews.com  | Site By : SobizTrend