बिहीबार , असार ३२ गते २०८३    
बिहीबार , असार ३२ २०८३

गभर्नर अधिकारी भन्छन् - अब ब्याजदर घट्दै जान्छ

बुधबार, चैत १५ २०७९
गभर्नर अधिकारी भन्छन् - अब ब्याजदर घट्दै जान्छ

काठमाडौं- नेपाल राष्ट्र बैंकले अब बैंकको ब्याजदर घट्दै जाने बताएको छ।

संसदीय अध्ययन तथा विकास संस्थानले आयोजना गरेको ‘देशको वर्तमान आर्थिक अवस्था’ विषयक छलफलका क्रममा गभर्नर महाप्रसाद अधिकारीले पछिल्लो समय बैंकको ब्याजको विषयमा व्यापक चर्चा भइरहेकोले अब विस्तारै घट्दै जाने बताए। तरलता सहज हुँदै जाँदा ब्याजदर पनि घट्दै जाने उनको भनाइ छ।

गभर्नर अधिकारीले आगामी दिनमा ब्याजदर बढ्ने सम्भावना नरहेको र अहिलेको स्थिति हेर्दा बैशाखदेखि ब्याजदर घट्दै जाने बताए।

आर्थिक वृद्धिदर पनि ४/५ प्रतिशतको हाराहाराहारीमा हुने अनुमान रहेको गभर्नर अधिकारीले बताए। समग्र अर्थतन्त्र नकारात्मक अवस्थामा भएको हल्ला आइरहेको बताउँदै त्यस्तो अवस्था नरहेको उनले बताए।


प्रकाशित : बुधबार, चैत १५ २०७९०४:२२

प्रतिक्रिया दिनुहोस
कार्यकारी सम्पादक

केदार दाहाल

सूचना तथा प्रसारण विभाग दर्ता नम्बर

२८३८/०७८-७९

© 2026 All right reserved to biznessnews.com  | Site By : SobizTrend