काठमाडौ- नागरिक लगानी कोषले आइर्.एम.ई लाईफ इन्स्योरन्स कम्पनीको सेयर प्रत्याभूति गर्ने भएको छ।
प्रत्याभूतिकर्ता नियुक्ती सम्वन्धी सम्झौतापत्रमा कोषका कार्यकारी निर्देशक रमण नेपाल र आइ.एम.ई लाईफ इन्स्योरेन्स कम्पनीका प्रमुख कार्यकारी अधिकृत कवि फूयाँलले हस्ताक्षर गरेका हुन।
उक्त इन्सोरेन्सको १ सय रुपैँया पार मूल्यमा १७६ प्रिमियम थप गरी २ सय ७६ रुपैया अंकित दरको १ करोड २० लाख कित्ता सेयरको ३ अर्ब ३१ करोड २० लाख रुपैँयाको सेयर प्रत्याभूति गर्ने सम्झौतामा उल्लेख छ।