शनिबार, साउन १२ गते २०८१    
images
images
images

एक करोडबढी प्रयोगकर्ताको पहुँचमा फिक्स्ड ब्रोडब्यान्ड इन्टरनेट

images
बुधबार, चैत १५ २०७९
images
images
एक करोडबढी प्रयोगकर्ताको पहुँचमा फिक्स्ड ब्रोडब्यान्ड इन्टरनेट

तारको माध्यमबाट सेवा दिने इन्टरनेट सेवाप्रदायकहरूको हिस्सा धेरै रहेको छ। तर यी इन्टरनेट सेवाप्रदायकका सबै ग्राहक भने होइनन्। नेपाल दूरसञ्चार प्राधिकरणले यसको तथ्यांक ग्राहक संख्यालाई गुणा गरेर निकाल्छ। 

images

काठमाडौं- तारबाटको माध्यमबाट प्रवाह हुने इन्टरनेट सेवाको पहुँचमा पुग्ने नेपालीको संख्या एक करोड नाघेको छ। 

images
images

नेपाल दूरसञ्चार प्राधिकरणको पछिल्लो प्रतिवेदन अनुसार तारको  माध्यमबाट दिइने इन्टरनेट ब्रोडब्यान्ड सेवा १ करोड ५ लाख ४८ हजार १ सय ८८ जनामा पुगेको छ। 

images

प्राधिकरणको पुससम्मको तथ्यांक अनुसार नेपालमा कूल ३ करोड ८१ लाख ३७ हजार ६ सय ५५ प्रयोगकर्ता रहेका छन्। एक तिहाई बढी ‍ प्रयोगकर्ता तारको माध्यमबाट प्रवाह इन्टरनेट सेवाका रहेका छन्। 

गुणस्तर तथा तीब्रताको हिसाबले अब्बल मानिने फिक्स्ड इन्टरनेटको पहुँच विस्तार हुनुलाई इन्टरनेट पूर्वाधारको राम्रो सूचक मानिन्छ। अर्थात् देशमा जति धेरै यस्तो इन्टरनेटमा पहुँच बढ्छ त्यति राम्रो मानिन्छ। 

images

फिक्स्ड ब्रोडब्यान्डमध्ये ९४ लाख ९ हजार ८ सय ८९ इन्टरनेट सेवाप्रदायकको सेवा लिइरहेका छन् भने ९ लाख १७ हजारले नेपाल टेलिकमको सेवा लिएका छन्। नेपाल टेलिकमले वायरलेससँगै वायर सेवा पनि दिन्छ। 

तारको माध्यमबाट सेवा दिने इन्टरनेट सेवाप्रदायकहरूको हिस्सा धेरै रहेको छ। तर यी इन्टरनेट सेवाप्रदायकका सबै ग्राहक भने होइनन्। नेपाल दूरसञ्चार प्राधिकरणले यसको तथ्यांक ग्राहक संख्यालाई गुणा गरेर निकाल्छ। 

एउटा कनेक्सनलाई औसत परिवर संख्याले गुणा गरेर यस्तो संख्या निकाल्ने गरिन्छ। अर्थतन् नेपालमा इन्टरनेट सेवाप्रदायकहरूका ग्राहक(कनेक्सन) २५ लाख ३० हजार ९ सय ७६ रहेका छन्। यो संख्यालाई नेपालको औसत परिवार सदस्य संख्याले गुणा गरेर कूल  प्रयोगकर्ता संख्या निकालिएको हो। 

नेपालमा तारको माध्यमबाट इन्टरनेट सेवा दिनका लागि ६२ वटाल कम्पनीले अनुमति लिएका छन्। यसमध्ये सबैभन्दा धेरै ग्राहक वर्ल्डलिंक कम्युनिकेसनका रहेका छन्। यो कम्पनीका ७ लाख २९ हजार ७ सय ७३ ग्राहक छन्। करिब एक तिहाई ग्राहक वर्ल्डलिंक एक्लैसँग रहेका छन्। 

त्यस्तै दोस्रोमा नेपाल दूरसञ्चार कम्पनीसँग रहेका छन्। यो कम्पनीसँग २ लाख ८६ हजार ग्राहक छन्। त्यस्तै भायानेट, सुविसुका धेरै ग्राहक हुनेमा छन्। 

फिक्स्ड ब्रोडब्यान्ड इन्टरनेटमा पहुँच बढ्नुको मुख्य कारण पछिल्लो समय सरकारले गरेको लगानीको पनि मुख्य भूमिका रहेको छ। सेवाप्रदायकहरूले गरेको लगानीसँगै सरकारी नीतिले पनि यसमा साथ दिएको छ। 

नेपाल दूरसञ्चार प्राधिकरणले ग्रामिण दूरसञ्चार कोषको रकम परिचालन गरि गाउँगाउँसम्म इन्टरनेटको पूर्वाधार बनाइएको छ। सेवाप्रदायकहरू मार्फत् अर्बौ रकम खर्चिएर पूर्वाधार विस्तार भएको छ। यस्तो पूर्वाधारले पनि पहुँच बढाउन काम गरेको प्राधिकरणका सहायक प्रवक्ता अच्युतानन्द मिश्रले बताए। 

‘प्राधिकरणलेभन्दा पनि सेवाप्रदायकबाट उठेको रकमबाट बनेको कोष परिचालन गरि सेवाप्रदायक मार्फत् संरचना तथा पूर्वाधार बनेको छ। यसबाट सहरभन्दा बाहिर पनि पहुँच विस्तार भएको’  उनले भने। 

फिक्स्ड ब्रोडब्यान्ड इन्टरनेट कुनै पनि मुलुकको डिजिटाइजेसनका लागि महत्वपूर्ण पूर्वाधार हो। यस्तो पूर्वाधार जति बलियो र भरपर्दो हुन्छ उति नै छिटो विकास हुने इन्टरनेट सेवाप्रदायक भायानेटका सञ्चालक बिनय बोहराको भनाइ छ। 

‘एकपटक इन्टरनेट कनेक्सन लिइसकेपछि ग्राहकले अर्को सेवा लिनसक्छ तर उसले सेवा नै छाड्दैन। यसरी सेवा लिएपछि सोही अनुसारको काम पनि गर्छ र अन्तत; देशको उत्पादकत्व पनि बढ्छ’ बोहराले भने। 


प्रकाशित : बुधबार, चैत १५ २०७९०५:५३

प्रतिक्रिया दिनुहोस
कार्यकारी सम्पादक

केदार दाहाल

सूचना तथा प्रसारण विभाग दर्ता नम्बर

२८३८/०७८-७९

© 2024 All right reserved to biznessnews.com  | Site By : SobizTrend