बिहीबार , असार ३२ गते २०८३    
बिहीबार , असार ३२ २०८३

सेयर बजारमा देखियो लगातार सुधार, मन्त्रालय भागबन्डा टुंगिएसँगै लयमा बढ्ला?

मंगलबार, चैत १४ २०७९
सेयर बजारमा देखियो लगातार सुधार, मन्त्रालय भागबन्डा टुंगिएसँगै लयमा बढ्ला?

काठमाडौं- साताको दोस्रो कारोबारमा सोमबार सुधार देखिएको सेयर बजारमा मंगलबार पनि सुधार देखिएको छ। निरन्तर ओरालो लागिरहेको बजारमा लगातार दुईदिन सुधार देखिएको हो।

सरकार विस्तारमा देखिएको अन्योलले लगानीकर्ता विश्वस्त हुन नसकिरहेको समयमा पनि बजारले सुधारको आश देखाएको छ। अब मन्त्रालय भागबन्डाको टुंगो लागेसँगै नीतिगत साथ पाउने आश्वस्तता आए बजारले गति समात्ने विश्लेषकहरू बताउँछन्।

मंगलबार १२.१० अंकले बढेर बजार १९१८.१० बिन्दुमा पुगेको छ। १ सय ४२ कम्पनीको सेयर मूल्य बढेको बजारमा १ अर्ब ४४ करोड ३७ लाख रूपैयाँको कारोबार भएको छ। मंगलबार सुपर माई हाइड्रोपावर, सृजनशील लघुवित्त वित्तीय संस्था र एसियन हाइड्रोपावर लिमिटेडमा समारात्मक सर्किट लागेको छ। 

यो साता आइतबार आइतबार २६‍.८७ अंकले घटेको बजार सोमबार १७.७० अंकले बढेर बजार १९०६.०० बिन्दुमा पुगेको थियो। केही ठूला लगानीकर्ताको वरपर देखिने गरेको बजारमा लगानीकर्ता विश्वस्त हुन नसक्दा पुनः उतारचढावले उही बिन्दु वरपर तलमाथि भइरहेको देखिन्छ।

पछिल्लो समय २००० को मनोवैज्ञानिक आधार बिन्दुबाटै बजार ओर्लिएर पुरानै अवस्थामा आइपुगेपछि लगानीकर्ताले बजारमा विश्वास गुमाएका थिए। अहिलेको लगातारको सुधारमा लगानीकर्ताको विश्वास बढाउन नयाँ आउने अर्थमन्त्रीले पहल गर्नुपर्ने संगठित लगानीकर्ताहरूले बताएका छन्। 


प्रकाशित : मंगलबार, चैत १४ २०७९०९:१८

प्रतिक्रिया दिनुहोस
कार्यकारी सम्पादक

केदार दाहाल

सूचना तथा प्रसारण विभाग दर्ता नम्बर

२८३८/०७८-७९

© 2026 All right reserved to biznessnews.com  | Site By : SobizTrend