सोमबार, मंसिर १० गते २०८१    
images
images

निजी लगानी प्रोत्साहन गर्ने चिनियाँ सरकारको घोषणापछि स्वदेश फर्किए ज्याकमा 

images
मंगलबार, चैत १४ २०७९
images
images
निजी लगानी प्रोत्साहन गर्ने चिनियाँ सरकारको घोषणापछि स्वदेश फर्किए ज्याकमा 

यसैबीच चीनका नयाँ प्रधानमन्त्री ली क्वाङले केही साताअघिमात्र चीनले निजी लगानीलाई प्रोत्साहन गर्न खोजेको घोषणा गरेका थिए। निजी लगानीलाई स्वागत गर्न सरकार तयार रहेको उनले घोषणा गरका थिए। 

images
images

काठमाडौं- सरकारको निसानामा परेर विदेशिएका चर्चित चिनियाँ अर्बपति ज्याकमा स्वदेश फर्किएका छन्। अलिबाबाका संस्थापक तथा विश्वभर चर्चित अर्बपति ज्याकमाले आलोचना गरेपछि उनी नियामकको निसानामा परेका थिए। 

images
images
images

ज्याकमाको नियन्त्रणमा रहेका कम्पनी तथा संस्थाहरूमाथि श्रृखलाबद्ध निसाना बनाइएपछि ज्याकमा एक वर्षदेखि विदेशिएका थिए। लामो समय जापान बसेका ज्याकमा पछिल्लो समय थाइल्यान्ड पुगेका थिए। 

images

सार्वजनिक जीवनमा बिलरै देखिने गरेका ज्याकमा अहिले भने चीन पुगेका छन्। यही साता चीन पुगेर उनी आफैले स्थापना गरेको विद्यालयको निरीक्षण गरेको समाचार संस्था रोयटर्सले उल्लेख गरेको छ। 

images

चीन फर्किएर विभिन्न गतिविधिमा देखिएपनि उनी कति समय त्यहाँ बस्छन् भन्ने कुराको यकिन नभएको उल्लेख गरिएको छ। 

ज्याकमाले सरकारको आलोचना गरेपछि उनको स्वामित्व तथा नियन्त्रणमा रहेका कम्पनीमाथि नियामकीय कडाइ भइरहेको थियो। पछिल्लो समय ज्याकमाले एन्ट समूहको नियन्त्रण छाडेका थिए। 

चिनियाँ नागरिक तथा सेलिब्रेटी अर्बपति ज्याक मा पछिल्लो १ वर्षदेखि पश्चिमा मिडियाको शीर्षक बनिरहेका छन्। उद्योग व्यवसायको विस्तार तथा नयाँ उचाइका कारणले होइन कि चिनियाँ सरकारको निसानालाई लिएर उनी शीर्षक बनिरहेका छन्।

सन् २०२० पछि ज्याकमाको निरन्तर ओरालो यात्रा सुरु भएको  थियो। कुनै समय एसियाकै सबैभन्दा धनी र संसारकै ८ औँ धनी बनेका ज्याकमाकोसम्पत्ति घटेर अहिले संसारकै ६३ औँ नम्बरमा धकेलिएका छन्।

चिनिया अर्बपति ज्याकमा संसारभर उत्तिकै प्रतिष्ठित बनेका थिए। राज्य नियन्त्रित अर्थव्यवस्था रहेको चीनमा सरकार प्रमुखभन्दा चीन बाहिर धेरै लोकप्रिय भएपछि उनी सरकारको तारो बनिरहेका थिए। सन् २०२० को अक्टुबरमा ज्याकमाले एउटा सार्वजनिक कार्यक्रममा गरेको भाषण निकै महंगो पर्‍यो। सरकार र चिनियाँ व्यवस्थाप्रति आलोचना गरिएको उक्त भाषणलाई लिएर चिनियाँ राष्ट्रप्रति सिजिनपिङ नै आक्रोशित बनेको कतिपय मिडिया रिपोर्टमा उल्लेख छ।

सन् २०२० को अक्टुबर २४ को एउटा कार्यक्रममा चिनियाँ उच्च पदस्थ अधिकारीहरू सहभागी थिए। उनले त्यही कार्यक्रममा चीनको बैंकिङ प्रणालीलाई लिएरआलोचना गरेका थिए। उनले चीनका बैंकहरू नयाँ जमिनदारजस्ता भएको उनले बताएका थिए। चिनियाँ बैंकहरूको यस्तो रबैयाले गर्दा उद्दमशीलता विकास नहुने उनको भनाइ थियो।

बैंकमात्र होइन नियामकहरूप्रति पनि उनले तिखो आलोचना गरेका थिए। नियाकहरू सहजीकरण होइन अड्काउनका लागि खुलेका संस्थाजस्तो भएको उल्लेख गरेका थिए। जब उनले बोलेको कुरा चीनभर फैलियो त्यसले शासनसत्तामा रहेका सबैलाई एकसाथ आक्रोशित बनायो।

चिनियाँ राज्य संयन्त्र ज्याकमाको पछाडि लागिपर्‍यो। उनका हरेक व्यवसायमा अवरोध गर्नका लागि नियामकहरू लागिपरे। अवस्था यतिसम्म आयो कि उक्त घटनाको छ महिनासम्म ज्याकमाको अत्तोपत्तो भएन। उनी कुनै पनि सार्वजनिक कार्यक्रममा देखिएनन्।

छ महिनापछि पश्चिमा मिडियाहरूले ज्याकमा जापानमा रहेको उल्लेख गरेका थिए। अहिले भने ज्याकमा थाइल्यान्डमा भेटिएको समाचारहरू प्रकाशित भएका छन्। तर पछिल्लो समय ज्याकमा सार्वजनिक कार्यक्रममा निकै कम देखिएका छन्।चीनको सरकारी निकाय उनका पछि लाग्यो तब उनका सबै योजना तुहिए। सुरुमा एन्ट समूहले ३७ अर्ब डलरको आईपीओ जारी गर्न खोजेको थियो। तर चिनियाँ नियमकले अन्तिममा आएर यसलाई रोकिदिएको थियो।

चीनको संघाइ स्टक एक्सचेन्ज र हङकङ स्टक एक्सचेन्जमा सूचीकरणका लागि प्रक्रिया अघि बढेपनि अन्तिममा रोकिएको थियो। ज्याकमा माथि चिनियाँ नियामकको कडाइ एन्ट समूहमै रोकिएन। उनकै अर्को कम्पनी अलिबाबालाई २ अर्ब ८० करोड डलरको जरिबाना तिराइएको थियो। 

ज्याकमा माथिको कडाइ र उनले देश नै छाडेर निष्क्रिय बसेपछि निजी क्षेत्रमा निराशा देखिएको थियो। निजी लगानी आकर्षित हुन नसकेको एकातिर अर्कोतिर सुस्त अर्थतन्त्रलाई माथि उठाउनका लागि निजी आर्थिक गतिविधि बढ्नुपर्ने सरकारको बुझाइ बनेको थियो। 

यसैबीच चीनका नयाँ प्रधानमन्त्री ली क्वाङले केही साताअघिमात्र चीनले निजी लगानीलाई प्रोत्साहन गर्न खोजेको घोषणा गरेका थिए। निजी लगानीलाई स्वागत गर्न सरकार तयार रहेको उनले घोषणा गरका थिए। 


प्रकाशित : मंगलबार, चैत १४ २०७९०२:१४

प्रतिक्रिया दिनुहोस
कार्यकारी सम्पादक

केदार दाहाल

सूचना तथा प्रसारण विभाग दर्ता नम्बर

२८३८/०७८-७९

© 2024 All right reserved to biznessnews.com  | Site By : SobizTrend