बिहीबार , असार ३२ गते २०८३    
बिहीबार , असार ३२ २०८३

सेयर बजारमा उतारचढावबीच देखियो दोहोरो अंकको सुधार

सोमबार, चैत १३ २०७९
सेयर बजारमा उतारचढावबीच देखियो दोहोरो अंकको सुधार

काठमाडौं- साताको दोस्रो कारोबारमा सोमबार सेयर बजारमा दोहोरो अंकको सुधार देखिएको छ। लगातार ओरालो लागिरहेको बजारमा उतारचढावका बीच सुधार देखिएको हो। 

सोमबार १७.७० अंकले बढेर बजार १९०६.०० बिन्दुमा पुगेको छ। १ सय ६७ कम्पनीको सेयर मूल्य बढेको बजारमा १ अर्ब ३८ करोड रूपैयाँको कारोबार भएको छ। सोमबार सुपर माई हाइड्रोपावर, एसियन हाइड्रोपावर र कालिञ्चोक दर्शन लिमिटेडमा सकारात्मक सर्किट लाग्यो। 

यो साता आइतबार आइतबार २६‍.८७ अंकले घटेर बजार १८८८.२७ बिन्दुमा पुगेको थियो। केही ठूला लगानीकर्ताको वरपर देखिने गरेको बजारमा लगानीकर्ता विश्वस्त हुन नसक्दा पुनः उतारचढावले उही बिन्दु वरपर तलमाथि भइरहेको देखिन्छ। 

पछिल्लो समय २००० को मनोवैज्ञानिक आधार बिन्दुबाटै बजार ओर्लिएर पुरानै अवस्थामा आइपुगेपछि लगानीकर्ताले बजारमा विश्वास गुमाएका छन्। सरकार विस्तारको अन्योलले पनि लगानीकर्ता विश्वस्त हुन सकेका छैनन्। अर्थतन्त्र सम्हाल्न सक्ने अर्थमन्त्री आए सेयर बजारमा सुधार आउने विश्वासमा लगानीकर्ता छन्। लामो समयदेखि बजारमा सामान्य सुधार देखिँदै पुन: ओरालोतिर नै लागिरहेको देखिन्छ। 


प्रकाशित : सोमबार, चैत १३ २०७९०९:१८

प्रतिक्रिया दिनुहोस
कार्यकारी सम्पादक

केदार दाहाल

सूचना तथा प्रसारण विभाग दर्ता नम्बर

२८३८/०७८-७९

© 2026 All right reserved to biznessnews.com  | Site By : SobizTrend