बिहीबार , असार ३२ गते २०८३    
बिहीबार , असार ३२ २०८३

नेपाल एयरलाइन्सको बदमासी : यात्रुसँग बढी भाडा असुलीका लागि नियमित उडान छोडेर चार्टर्डको अनुमति मागेपछि

सोमबार, चैत १३ २०७९
नेपाल एयरलाइन्सको बदमासी : यात्रुसँग बढी भाडा असुलीका लागि नियमित उडान छोडेर चार्टर्डको अनुमति मागेपछि

काठमाडौं- मलेसियामा नियमित उडान छाडेर चार्टर्ड उडान गर्ने तयारी गरेपछि नेपाल नागरिक उड्डयन प्राधिकरणले नेपाल वायुसेवा निगमलाई स्पाष्टीकरण सोधेको छ।

निगम नेतृत्वले कमिसन खान र यात्रुसँग बढी रकम असुल्ने गरी नियमित उडान छाडेर चार्टर्ड उडानको अनुमति माग गरेको थियो। सोही विषयमा प्राधिकरणले निगम नेतृत्वलाई स्पाष्टीकरण सोधेको हो।

निगमले हाल दैनिक रुपमा मलेसिया उडान गर्दै आएको छ। वैदेशिक रोजगारीमा जानेहरू बढिरहेका बेला यात्रुसँग भाडा बढी असुल्ने नियतले निगमले चार्टर्ड उडान गर्न खोजेको बुझिएको छ। 

निगमले अहिले पनि यात्रुसँग मलेसिया एकतर्फी उडानको ३५ हजार रुपैयाँ भाडा लिँदै आएको छ। चार्टर्ड उडान गर्न पाएमा दोबर असुल्ने गरी निगमले प्रक्रिया अगाडि बढाएपछि प्राधिकरणले स्पष्टीकरण मागेको हो। 

हाल नेपालबाट सबैभन्दा बढी कामदार मलेसियामा नै वैदेशिक रोजगारीमा जाने गरेका छन्। वैदेशिक रोजगार विभागका अनुसार, गत माघमा ६४ हजार २ सय ८४ जना नेपालीले वैदेशिक रोजगारीमा जानका लागि श्रम स्वीकृति लिएका छन्। जसमा ५८ हजार ४ सय ४७ पुरुष र ५ हजार ८ सय ३७ जना महिला रहेका छन्। यो सङ्ख्या पहिलोपटक वैदेशिक रोजगारीमा जान व्यक्तिगत श्रम स्वीकृति लिने, संस्थागत नयाँ श्रम स्वीकृति लिने र पुनः श्रम स्वीकृति लिनेको हो।

यसैगरी नयाँ श्रम स्वीकृति लिने नेपालीको सङ्ख्या ३९ हजार १ सय २४ जना रहेको छ। जसमा ४ हजार २ सय ६६ जना महिला र ३४ हजार ८ सय ५८ जना पुरुष रहेको विभागले जनाएको छ। जसमा सबैभन्दा धेरै मलेसिया जानका लागि श्रम स्वीकृति लिनेको सङ्ख्या १९ हजार ७ सय ८३ जना रहेको छ।


प्रकाशित : सोमबार, चैत १३ २०७९०७:३४

प्रतिक्रिया दिनुहोस
कार्यकारी सम्पादक

केदार दाहाल

सूचना तथा प्रसारण विभाग दर्ता नम्बर

२८३८/०७८-७९

© 2026 All right reserved to biznessnews.com  | Site By : SobizTrend