बिहीबार , असार ३२ गते २०८३    
बिहीबार , असार ३२ २०८३

सिटी होटलको आईपीओ आउँदै, कहिलेदेखि दिने आवेदन? 

बिजनेस न्युज
बिजनेस न्युज
सोमबार, चैत १३ २०७९
सिटी होटलको आईपीओ आउँदै, कहिलेदेखि दिने आवेदन? 

काठमाडौं- सिटी होटलले दुई चरणमा साधारण सेयर (आईपीओ) निष्कासन तथा बिक्री गर्ने भएको छ।

कम्पनीले चैत २१ गतेदेखि वैदेशिक रोजगारीमा रहेका नेपाली र वैशाख २५ गतेदेखि सर्वसाधारणका लागि आईपीओ निष्कासन गर्न लागेको हो। वैदेशिक रोजगारीमा रहेका नेपालीले वैशाख ५ गतेसम्म आवेदन दिन पाउनेछन्। सर्वसाधारणले भने वैशाख २८ गतेसम्म आवेदन दिन सक्नेछन् । उक्त अवधिमा मागअनुसार आवेदन नपरेमा जेठ ८ गतेसम्म आवेदन दिन सक्नेछन् ।

कम्पनीले जारी पुँजी १ अर्ब ६७ करोड ४० लाख रुपैयाँको १० प्रतिशत अर्थात् १६ करोड ७४ लाख रुपैयाँ बराबरको प्रतिकित्ता १०० रुपैयाँ अंकित मूल्यका १६ लाख ७४ हजार कित्ता सेयर निष्कासन गर्ने भएको हो। 

वैदेशिक रोजगारीमा रहेका नेपालीलाई १ लाख ६७ हजार ४०० कित्ता, ८३ हजार ७०० कित्ता सामूहिक लगानी कोषका लागि छुट्याएको छ। यस्तै बाँकी रहेको १३ लाख ५५ हजार ९४० कित्ता सेयर सर्वसाधारणका लागि निष्कासन गर्ने कम्पनीले जनाएको छ।

कम्पनीका अनुसार वैदेशिक रोजगारीमा रहेका नेपालीले १० देखि १ हजार कित्तासम्म आवेदन दिन सक्नेछन्। सर्वसाधारणले भने १० देखि २ हजार कित्तासम्म आवेदन दिन सक्नेछन्।

सी-आस्वा सदस्य रहेका बैंक तथा वित्तीय संस्था र मेरो सेयरमार्फत आवेदन दिन सकिन्छ।

सिटी होटलले काठमाडौं सोल्टिमोडमा २०७८ कार्तिक १५ देखि पाँच तारे होटल ह्यात प्लेस सञ्चालनमा ल्याएको छ। उक्त होटलमा एनएमबि बैंकको अध्यक्ष समेत रहेका पवल गोल्यानको गोल्यान ग्रुप, कमलेश अग्रवाल, हरिशचन्द्र सुवेदी लगायतका देशका प्रख्यात उद्यमी व्यापारीहरुको लगानी रहेको छ। पाँच तारे होटलमा १ सय ५३ कोठा छ। 


प्रकाशित : सोमबार, चैत १३ २०७९०६:३३
प्रतिक्रिया दिनुहोस
कार्यकारी सम्पादक

केदार दाहाल

सूचना तथा प्रसारण विभाग दर्ता नम्बर

२८३८/०७८-७९

© 2026 All right reserved to biznessnews.com  | Site By : SobizTrend