बिहीबार , असार ३२ गते २०८३    
बिहीबार , असार ३२ २०८३

खराब कर्जा बढ्न थालेपछि गभर्नर अधिकारीले बढाए सक्रियता

सोमबार, चैत १३ २०७९
खराब कर्जा बढ्न थालेपछि गभर्नर अधिकारीले बढाए सक्रियता

काठमाडौं- खराब कर्जा बढ्न थालेपछि राष्ट्र बैंक आक्रामक देखिएको छ। पछिल्लो समय ऋणको किस्ता ब्याजसमेत उठ्न छाडेपछि राष्ट्र बैंक अग्रसर देखिएको छ। आज सोमबार नै राष्ट्र बैंकले वाणिज्य बैंकहरूसँग छलफल गर्दै छ।

राष्ट्र बैंकको बैंक तथा वित्तीय संस्था नियमन विभागले सबै वाणिज्य बैंकका कार्यकारी अधिकृत (सीईओ) हरूसँग छलफल गर्न लागेको हो। कार्यक्रममा राष्ट्र बैंकका गभर्नर महाप्रसाद अधिकारीसँगै डेपुटी गभर्नरहरू पनि उपस्थित हुने छन्।

गभर्नर अधिकारीले वाणिज्य बैंकका सीईओहरूसँग 'वान टु वान' वार्तासमेत गरिरहेका छन्। अब संयुक्त छलफलसमेत सुरु गरेका हुन्।

यता उद्योगी व्यवसायीको आन्दोलनसँगै केही अराजकता बढेकोमा समेत राष्ट्र बैंकले समाधानका लागि छलपल तीव्र पारेको हो। 

ऋणकर्ताको ब्याज र किस्तासँगै कर्जा नवीकरण हुन छाडेपछि खराब कर्जा बढेको छ। वाणिज्य बैंक, विकास बैंक, फाइनान्स तथा लघुवित्त क्षेत्रमा खराब कर्जाको ग्राफ बढ्दो छ। 

चालु आर्थिक वर्षको पछिल्लो ६ महिनाको वित्तीय विवरणअनुसार खराब कर्जा ११२.३१ प्रतिशतले वृद्धि भएको छ। यता अब आउने तेस्रो त्रैमासको विवरणमा झनै बढ्ने आँकलन गरिएको छ। 

नेपाल राष्ट्र बैंकले असार मसान्तसम्म समग्रमा वित्तीय संस्थाहरूको खराब कर्जा ५ प्रतिशतसम्म पुग्ने आँकलनमा तयार रहन बैंकरहरूलाई आग्रह गरिसकेको छ।

खराब कर्जाको बढ्दो ग्राफ, असार मसान्तसम्म ५ प्रतिशतसम्म पुग्ने त्रासमा बैंकर खराब कर्जाको बढ्दो ग्राफ, असार मसान्तसम्म ५ प्रतिशतसम्म पुग्ने त्रासमा बैंकर

वाणिज्य बैंकहरूको नाफा समेत खुम्चिँदो रहेको छ। वाणिज्य बैंकहरूले चालु आर्थिक वर्षको ७ महिना अर्थात माघसम्ममा ४१ अर्ब रुपैयाँभन्दा धेरै नाफा कमाएका छन्। गत आर्थिक वर्षको माघसम्ममा बैंकहरूको खुद नाफा ४० अर्ब २४ करोड रुपैयाँ रहेको थियो। 

राष्ट्र बैंकका अनुसार २०७९ माघमा वाणिज्य बैंकहरूको २‍‍.४९ प्रतिशत, विकास बैंकहरूको २.८२ प्रतिशत र फाइनान्स कम्पनीहरूको ७.८२ प्रतिशत खराब कर्जा रहेको छ। जबकि, २०७८ माघमा वाणिज्य बैंकहरूको १.१८ प्रतिशत, विकास बैंकहरूको १.४२ प्रतिशत र फाइनान्स कम्पनीहरूको ७.०५ प्रतिशत खराब कर्जा रहेको थियो। 


प्रकाशित : सोमबार, चैत १३ २०७९०४:४७

प्रतिक्रिया दिनुहोस
कार्यकारी सम्पादक

केदार दाहाल

सूचना तथा प्रसारण विभाग दर्ता नम्बर

२८३८/०७८-७९

© 2026 All right reserved to biznessnews.com  | Site By : SobizTrend