शुक्रबार, वैशाख २६ गते २०८२    
शुक्रबार, वैशाख २६ २०८२
images
images

खुमैडाँडामा बढे पर्यटक

images
बिजनेस न्युज
बिजनेस न्युज
सोमबार, चैत १३ २०७९
images
खुमैडाँडामा बढे पर्यटक

स्थानीयले ग्रेट माछापुच्छ्रे ट्रेल नाम दिएको सरीपाखा-खुमैडाँडा-कोर्चां पदयात्रा पोखराबाट दुई दिनमै सकिन्छ।

images
images

कास्की- खुमैडाँडा पुुग्ने आन्तरिक पर्यटकको सङ्ख्या दिनप्रतिदिन बढ्दो छ। पर्यटकको सङ्ख्या बढ्दा त्यहाँका तीन होटल सञ्चालकलाई भ्याइनभ्याइ छ। 

images
images
images

समुद्री सतहबाट तीन हजार दुईसय ४५ मिटरको उचाइमा रहेको खुमैडाँडाबाट दुई घण्टा हिँडेर कोर्चां पुगिन्छ। कोर्चाङ तीन हजार छ सय ८२ मिटरको उचाइमा छ। 

images
images

स्थानीयले ग्रेट माछापुच्छ्रे ट्रेल नाम दिएको सरीपाखा-खुमैडाँडा-कोर्चां पदयात्रा पोखराबाट दुई दिनमै सकिन्छ। पोखराको हेम्जादेखि सरिपाखासम्म १३ दशमलव तीन किलोमिटर मोटर यात्रामा पुगिन्छ। यसपछि पाँचदेखि सात घण्टाको हिँडाइपछि खुमै पुग्न सकिने माछापुच्छ्रे गाउँपालिका-१ का वडाध्यक्ष इन्द्रबहादुर गुरुङले जानकारी दिए।

images
images

खुमैभन्दा माथि बासको व्यवस्था नभएकाले पहिलो दिनको रात त्यही कटाएर भोलिपल्ट बिहान दुई घण्टाको हिँडाइपछि कोर्चां डाँडासम्म पुगेर पोखरा फर्कन सकिने उनले बताए।

यसैबीच कास्कीको माछापुच्छ्रे गाउँपालिकाको १६औँ कार्यपालिका बैठक हालै खुमैडाँडामा सम्पन्न भएको छ।

पर्यटन प्रवर्द्धनका लागि पर्यटकीय डाँडा खुमैमा बैठक राखिएको माछापुच्छ्रे गाउँपालिकाका अध्यक्ष मीनबहादुर गुरुङले जानकारी दिए। पछिल्लो समय खुमै जाने आन्तरिक तथा बाह्य पर्यटक बढेका कारण त्यस क्षेत्रको पूर्वाधार विकासका निर्माणमा बैठक केन्द्रित भएको उनले बताए।

‘केही महिनायता हाम्रो पालिकामा पर्ने खुमैडाँडामा पर्यटकको आगमन धेरै भएको छ’, उनले भने, ‘पाहुना त आउनुभएको छ। तर, उहाँहरुका लागि के आवश्यक छ भनेर बुझ्नका लागि अवलोकनसहित पालिकाको बैठक नै यहाँ राखिएको हो।’

बैठकले सरीपाखा-खुमै-कोर्चांसम्मको रुटलाई पर्यटकीय पदमार्ग घोषणा व्यवस्थापनको काम अघि बढाउने निर्णय गरेको प्रमुख प्रशासकीय अधिकृत बेदहरी अधिकारीले जानकारी दिए। योसँगै हिमाली क्षेत्रको जलवायु परिवर्तनको असर न्यूनीकरण, सरसफाइ, कार्बन व्यापारको बजेटमा गाउँपालिकाको अधिकारका लागि पहल गर्ने लगायत निर्णय गरिएको उनले बताए।

‘खुमैडाँडामा बसेको कार्यपालिका बैठकले जलवायु परिवर्तनलाई न्यूनीकरण गर्न सरसफाइमा ध्यान दिने अनि कार्बन व्यापारको बजेटमा गाउँपालिकालाई अधिकारी हुनुप¥यो भन्ने निर्णय भएको छ’, उनले भने। रासस 


प्रकाशित : सोमबार, चैत १३ २०७९०४:३१
प्रतिक्रिया दिनुहोस
कार्यकारी सम्पादक

केदार दाहाल

सूचना तथा प्रसारण विभाग दर्ता नम्बर

२८३८/०७८-७९

© 2025 All right reserved to biznessnews.com  | Site By : SobizTrend