बिहीबार , असार ३२ गते २०८३    
बिहीबार , असार ३२ २०८३

ऋणको ब्याजदर घट्दै; राष्ट्रिय वाणिज्य बैंकको सस्तो हुँदा सनराइजको महँगो, कुनको कति?

सोमबार, चैत १३ २०७९
ऋणको ब्याजदर घट्दै; राष्ट्रिय वाणिज्य बैंकको सस्तो हुँदा सनराइजको महँगो, कुनको कति?

काठमाडौं- अहिले बैंकहरूमा निक्षेप आउने क्रम बढ्दो छ। सोहीअनुसार कतिपय बैंकहरूले चैतदेखि नै नयाँ कर्जा लिनेहरूलाई ब्याजदर घटाएर ऋण दिन थालेका छन्। पछिल्लो समय कर्जा लिनका लागि बैंकहरूले अफरसमेत सार्वजनिक गरिरहेका छन्। बैशाखदेखि कम्तिमा बैंकहरूले कर्जाको ब्याजदर २ प्रतिशत घटाउने निश्चित छ। 

नेपाल राष्ट्र बैंकका अनुसार वित्तीय संस्थाहरूको निक्षेप ५४ खर्ब ४ अर्ब पुगेको छ भने ऋण लगानी ४८ खर्ब १३ अर्ब रहेको छ। यता सीडी रेसियो ८५.७३ प्रतिशतमा झरेको छ भने अन्तरबैंक कारोबारको ब्याजदर ७.०१ प्रतिशतमा झरेको छ।

बैकर्स संघले ऋणको प्रिमियम पनि बैंकले घटाएका छन्। अब आधारदरमा अधिकतम ५ प्रतिशत मात्र प्रिमियम लिन पाइने छ। यसअघि ६ प्रतिशतसम्म गर्ने निर्णय भएको थियो। केही बैंकले कार्यन्वयन सुरु गरेता पनि कतिपयले अझै सुरु गरेका छैनन्। बैशाखबाट उक्त प्रिमियमको ५ प्रतिशत पनि कार्यन्वयनमा जाने छ। 

सबैभन्दा सस्तो कर्जा राष्ट्रिय वाणिज्य बैंकले दिइरहेको छ। यस बैंकले न्यूनतम १४.२९ देखि १६.२५ प्रतिशतसम्म ब्याजदरमा कर्जा प्रवाह गरिरहेको छ। चालु आवको माघमा बैंकको आधारदर सबैभन्दा कम ९.२९ प्रतिशत रहेको छ। माघमा बैंकको कर्जा सबैभन्दा सस्तो देखिएको छ।

दोस्रोमा स्ट्यान्डर्ड चार्टर्ड बैंकको कर्जा सस्तो देखिएको छ। चालु आवको माघ मसान्तसम्ममा स्ट्यान्डर्ड चार्टर्ड बैंकको आधार दर ९.८६ प्रतिशत छ। बैंकले आधार दरमा ५ प्रतिशत प्रिमियम थपेर कर्जा प्रवाह गरिरहेको छ।

तेस्रो सस्तो ब्याजदर भएको बैंक एभरेष्ट बैंक रहेको छ। यस बैंकको आधार दर ९.८६ प्रतिशत छ। यसमा बैंकले ५ प्रतिशत प्रिमियम जोडेर कर्जा प्रवाह गर्दै आइरहेको छ। जसकारण अन्य वाणिज्य बैंकहरूभन्दा नेपाल बैंकको कर्जा सस्तो छ। 

प्रिमियम दर घटाउँदा चैतमा कर्जाको ब्याजदर यसै पनि घट्ने थियो। चैतसम्म अधिकांश बैंकले ५ प्रतिशत नै प्रिमियम तोकेर कर्जा प्रवाह समेत गरिरहेका छन्। केही बैंकहरूले ६ प्रतिशतसम्म प्रिमियम तोकेर कर्जा प्रवाह गर्दै आइरहेका छन्। सनराइज बैंक, सिटिजन्स बैंक, माछापुच्छ्रे, लक्ष्मी बैंक, प्राइम कमर्सियल बैंकको आधार दर ११ प्रतिशतमाथि छ।

सबैभन्दा महँगो कर्जा सनराइज बैंकको छ। बैंकको फागुनमा तय गरेको आधार दर ११.४९ प्रतिशत छ। सोही आधारदरमा बैंकले ५ प्रतिशत प्रिमियम तोकर कर्जा प्रवाह गर्दै आइरहेको छ। सिटिजन्स बैंकको आधार दर ११.३९ प्रतिशत रहेको छ। बैंकले आधार दरमा ५ प्रतिशत प्रिमियम जोडेर कर्जा प्रवाह गरिरहेको छ।

लक्ष्मी बैंकले ११.२२ प्रतिशत, माछापुच्छ्रे बैंकले ११.३५ प्रतिशत, प्राइम कमर्सियल बैंकले ११.३४ प्रतिशत र प्रभु बैंकको ११.२१ प्रतिशत आधार दरमा प्रिमियम तय गरी कर्जा प्रभाव गरिरहेका छन्।


प्रकाशित : सोमबार, चैत १३ २०७९०४:०२

प्रतिक्रिया दिनुहोस
कार्यकारी सम्पादक

केदार दाहाल

सूचना तथा प्रसारण विभाग दर्ता नम्बर

२८३८/०७८-७९

© 2026 All right reserved to biznessnews.com  | Site By : SobizTrend