बिहीबार , असार ३२ गते २०८३    
बिहीबार , असार ३२ २०८३

एकै समयमा एकै उचाइमा जहाज उडानको अनुमति दिएको विषयमा प्राधिकरणले एयर इन्डियालाई काट्यो पत्र

आइतबार, चैत १२ २०७९
एकै समयमा एकै उचाइमा जहाज उडानको अनुमति दिएको विषयमा प्राधिकरणले एयर इन्डियालाई काट्यो पत्र

शुक्रबार बिहान नेपाल वायुसेवा निगमको मलेसियाबाट काठमाडौं आइरहेको जहाज र एयर इन्डियाको जहाज एउटै एयर स्पेशको लाइनमा उडान गराएको विषयमा प्राधिकरणले पत्र काटेको हो। 

काठमाडौं- नेपाल नागरिक उड्डयन प्राधिकरणले एयर इन्डियाको सेफ्टी विभागलाई पत्र काटेको छ ।

प्राधिकरणले शुक्रबार दिल्लीबाट काठमाडौं आउने क्रममा १९ हजार फिटबाट उडान अनुमति पाएको अवस्थामा टावरको अनुमतिबिना जहाज १५ हजार फिट तल झारेर उडान गरेको विषयमा सत्यतथ्य छानबीन गरी रिपोर्ट पठाउनका लागि पत्र काटेको प्राधिकरण प्रवक्ता जगनाथ निरौलाले जानकारी दिए।

शुक्रबार बिहान नेपाल वायुसेवा निगमको मलेसियाबाट काठमाडौं आइरहेको जहाज र एयर इन्डियाको जहाज एउटै एयर स्पेसको लाइनमा उडान गराएको विषयमा प्राधिकरणले पत्र काटेको हो। 

यसअघि प्राधिकरणले त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थल कार्यालयका ३ जना एटीसीलाई ग्राउन्डेड गर्ने निर्णय गरिसकेको छ। शुक्रबार बिहान मलेसियाबाट काठमाडौंका लागि उडेको कलसाइन नाइन एकेडब्लू एयरबस ३२० हेटौँडा सिमरा आसपासको आकाशमा १५ हजार फिटको उचाइमा होल्ड लिँदै उडिरहेको थियो। निगमको जहाजलाई विमानस्थल टावरले पनि १५ हजारकै फिटबाट उडानको अनुमति दिएको थियो।

तर सोही समयमा दिल्लीबाट काठमाडौं उडान गरिरहेको एयर इन्डियाको जहाजलाई सोही क्षेत्रमा १९ हजार फिटको उचाइमा होल्ड हुँदै उडानको अनुमति दिइएको थियो। एक्कासी एयर इन्डियाको जहाज नेपाल एयरलाइन्सकै जहाज उडान गरिएको लाइनमा प्रवेश गरेको थियो। एयर इन्डियाले १५ हजारको फिटमा आउन अनुमति दिएको थिएन।

एयर इन्डियाको जहाज अनुमति बाहिरको क्षेत्रमा आएपछि नेपाल एयरलाइन्सको जहाज अलर्ट सूचना (आरए) आएपछि जहाज डिसेन्ट गरिएको थियो। जसका कारण जहाज दुर्घटनाबाट जोगिएको थियो।


प्रकाशित : आइतबार, चैत १२ २०७९११:२८

प्रतिक्रिया दिनुहोस
कार्यकारी सम्पादक

केदार दाहाल

सूचना तथा प्रसारण विभाग दर्ता नम्बर

२८३८/०७८-७९

© 2026 All right reserved to biznessnews.com  | Site By : SobizTrend