बिहीबार , असार ३२ गते २०८३    
बिहीबार , असार ३२ २०८३

एकै समयमा एकै उचाइमा जहाज उडानको अनुमति दिने तीनजना एयर ट्राफिक कन्ट्रोलर ग्राउन्डेड

आइतबार, चैत १२ २०७९
एकै समयमा एकै उचाइमा जहाज उडानको अनुमति दिने तीनजना एयर ट्राफिक कन्ट्रोलर ग्राउन्डेड

काठमाडौं- नेपाल नागरिक उड्डयन प्राधिकरणले त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थल कार्यालयका तीनजना एटीसीलाई कारबाही गरेको छ।

गएको शुक्रकार बिहान नेपाल वायुसेवा निगमको मलेसियाबाट काठमाडौं आइरहेको जहाज र एयर इन्डियाको जहाज एउटै एयर स्पेशको लाइनमा उडान गराएको विषयमा प्राधिकरणले विमानस्थल कार्यालयका तीनजना एटीसीलाई कारबाही गर्ने निर्णय गरेको हो।

प्राधिकरणले दुई जहाज एउटै उचाइमा आएर दुर्घटना हुने अवस्थासम्म पनि जहाज उडान अनुमति करेक्सन गर्दै एयरलाइन्सलाई निर्देशन दिएको विषयमा उनीहरूलाई ग्राउन्डेड गरेको हो।

यस्तो थियो घटना

शुक्रबार बिहान मलेसियाबाट काठमाडौंका लागि उडेको कलसाइन नाइन एकेडब्लू एयरबस ३२० हेटौँडा सिमरा आसपासको आकासमा १५ हजार फिटको उचाइमा होल्ड लिँदै उडिरहेको थियो। निगमको जहाजलाई विमानस्थल टावरले पनि १५ हजारकै फिटबाट उडानको अनुमति दिएको थियो।

तर सोही समयमा दिल्लीबाट काठमाडौं उडान गरिरहेको एयर इन्डियाको जहाजलाई सोही क्षेत्रमा १९ हजार फिटको उचाइमा होल्ड हुँदै उडानको अनुमति दिइएको थियो।एक्कासी एयर इन्डियाको जहाज नेपाल एयरलाइन्सकै जहाज उडान गरिएको लाइनमा प्रवेश गरेको थियो। एयर इन्डियाले १५ हजारको फिटमा आउन अनुमति दिएको थिएन।

एयर इन्डियाको जहाज अनुमति बाहिरको क्षेत्रमा आएपछि नेपाल एयरलाइन्सको जहाज अलर्ट सूचना (आरए) आएपछि जहाज डिसेन्ट गरिएको थियो  जसका कारण जहाज दुर्घटनाबाट जोगिएको थियो।


प्रकाशित : आइतबार, चैत १२ २०७९०६:१३

प्रतिक्रिया दिनुहोस
कार्यकारी सम्पादक

केदार दाहाल

सूचना तथा प्रसारण विभाग दर्ता नम्बर

२८३८/०७८-७९

© 2026 All right reserved to biznessnews.com  | Site By : SobizTrend