बिहीबार , असार ३२ गते २०८३    
बिहीबार , असार ३२ २०८३

मकर जितुमाया सुरी हाइड्रोपावरको आईपीओ आउँदै 

बिजनेस न्युज
बिजनेस न्युज
आइतबार, चैत १२ २०७९
मकर जितुमाया सुरी हाइड्रोपावरको आईपीओ आउँदै 

काठमाडौं- मकर जितुमाया सुरी हाइड्रोपावरले चैत १९ गतेदेखि साधारण सेयर निष्कासन तथा बिक्री खुला गर्ने भएको छ।

यसअघि आयोजना प्रभावित स्थानीय र वैदेशिक रोजगारीमा रहेका नेपालीहरूका लागि आईपीओ निष्कासन गरेको कम्पनीले अब २२ करोड ८० लाख रुपैयाँ बराबरको आईपीओ खुलाउन लागेको हो। 

प्रतिकित्ता १०० अंकित मूल्यका दरले २२ लाख ८० हजार कित्ता साधारण सेयर निष्कासन गर्ने कम्पनीले जनाएको छ। यो मध्ये सामूहिक लगानी कोषमा ५ प्रतिशत अर्थात् ८० हजार कित्ता र कर्मचारीहरूका लागि २ प्रतिशत अर्थात् ३२ लाख २८ हजार कित्ता सेयर छुट्टाइएको छ। साथै बाँकी १३ लाख ३७ हजार ३०२ कित्ताका लागि सर्वसाधारणले आवेदन दिन सक्नेछन्। 

लगानीकर्ताले यसमा न्यूनतम १० कित्तादेखि अधिकतम १० हजार कित्ताको लागि आवेदन दिन सक्नेछन्। चैत १९ देखि खुल्ने उक्त आईपीओमा २२ चैतसम्म आवेदन दिन सकिनेछ।

सो अवधिमा सबै सेयर बिक्री नभएमा २०८० वैशाख ३ गतेसम्म आवेदन दिन सक्ने छन्। 


प्रकाशित : आइतबार, चैत १२ २०७९०५:३२
प्रतिक्रिया दिनुहोस
कार्यकारी सम्पादक

केदार दाहाल

सूचना तथा प्रसारण विभाग दर्ता नम्बर

२८३८/०७८-७९

© 2026 All right reserved to biznessnews.com  | Site By : SobizTrend