आइतबार, वैशाख १६ गते २०८१    
images
images
images
images

मकर जितुमाया सुरी हाइड्रोपावरको आईपीओ आउँदै 

images
बिजनेस न्युज
images
images
मकर जितुमाया सुरी हाइड्रोपावरको आईपीओ आउँदै 
images
images

काठमाडौं- मकर जितुमाया सुरी हाइड्रोपावरले चैत १९ गतेदेखि साधारण सेयर निष्कासन तथा बिक्री खुला गर्ने भएको छ।

images
images
images

यसअघि आयोजना प्रभावित स्थानीय र वैदेशिक रोजगारीमा रहेका नेपालीहरूका लागि आईपीओ निष्कासन गरेको कम्पनीले अब २२ करोड ८० लाख रुपैयाँ बराबरको आईपीओ खुलाउन लागेको हो। 

images

प्रतिकित्ता १०० अंकित मूल्यका दरले २२ लाख ८० हजार कित्ता साधारण सेयर निष्कासन गर्ने कम्पनीले जनाएको छ। यो मध्ये सामूहिक लगानी कोषमा ५ प्रतिशत अर्थात् ८० हजार कित्ता र कर्मचारीहरूका लागि २ प्रतिशत अर्थात् ३२ लाख २८ हजार कित्ता सेयर छुट्टाइएको छ। साथै बाँकी १३ लाख ३७ हजार ३०२ कित्ताका लागि सर्वसाधारणले आवेदन दिन सक्नेछन्। 

images

लगानीकर्ताले यसमा न्यूनतम १० कित्तादेखि अधिकतम १० हजार कित्ताको लागि आवेदन दिन सक्नेछन्। चैत १९ देखि खुल्ने उक्त आईपीओमा २२ चैतसम्म आवेदन दिन सकिनेछ।

images
images

सो अवधिमा सबै सेयर बिक्री नभएमा २०८० वैशाख ३ गतेसम्म आवेदन दिन सक्ने छन्। 

images

प्रकाशित : आइतबार, चैत १२ २०७९०५:३२
प्रतिक्रिया दिनुहोस