शनिबार, साउन १२ गते २०८१    
images
images
images

एयर इन्डियाको जहाज १९ हजार फिटबाट एक्कासी १५ हजार फिटमा झरेपछि नेपाल एयरलाइन्सको अलर्टले जोगायो दुर्घटना

images
शुक्रबार, चैत १० २०७९
images
images
एयर इन्डियाको जहाज १९ हजार फिटबाट एक्कासी १५ हजार फिटमा झरेपछि नेपाल एयरलाइन्सको अलर्टले जोगायो दुर्घटना
images

काठमाडौं- सिमरा आसपासको आकाशमा उडान गरिरहेका नेपाल एयरलाइन्स र एयर इन्डियाको जहाज दुर्घटनाबाट जोगिएका छन्। उडानका क्रमका टावरको अनुमतिबिना एयर इन्डियाले कम उचाइमा जहाज झार्दा दुर्घटनाको जोखिम भएको थियो। 

images
images

शुक्रबार बिहान मलेसियाबाट काठमाडौंका लागि उडेको कलसाइन नाइन एकेडब्लू एयरबस ३२० हेटौँडा सिमरा आसपासको आकासमा १५ हजार फिटको उचाइमा होल्ड लिँदै उडिरहेको थियो। निगमको जहाजलाई विमानस्थल टावरले पनि १५ हजारकै फिटबाट उडानको अनुमति दिएको थियो। तर सोही समयमा दिल्लीबाट काठमाडौं उडान गरिरहेको एयर इन्डियाको जहाजलाई सोही क्षेत्रमा १९ हजार फिटको उचाइमा होल्ड हुँदै उडानको अनुमति दिइएको थियो।

images

तर एक्कासी एयर इन्डियाको जहाज नेपाल एयरलाइन्सकै जहाज उडान गरिएको लाइनमा प्रवेश गरेको विमानस्थल कार्यालयका प्रवक्ता टेकनाथ सिटौलाले जानकारी दिए। टावरले भने एयर इन्डियाले १५ हजारको फिटमा आउन अनुमति दिएको थिएन। एयर इन्डियाको जहाज अनुमति बाहिरको क्षेत्रमा आएपछि नेपाल एयरलाइन्सको जहाज अलर्ट सूचना (आरए) आएपछि जहाज डिसेन्ट गरिएको थियो भने एयर इन्डियाको जहाजलाई माथि पठाइएको उनले बताए।

दुईवटा जहाजमा गरी ३ सय ५० यात्रु सवार थिए। यस विषयमा अब नेपाल नागरिक उड्डयन प्राधिकरणले दुईजहाजबीचको उचाइ र एकै लाइनमा कति नजिक थिए भन्ने विषयमा थप अध्ययन गर्ने भएको छ। 

images

यसअघि कतार एयरवेज, नेपाल एयरलाइन्स र बुद्ध एयरका जहाज पनि एउटै लाइनमा प्रवेश गरेको विषयमा अनुसन्धान भइरहेको छ।

उही प्रकृतिका घटना बारम्बार दोहोरिएपछि यस विषयमा प्राधिकरणले थप अध्ययन गर्ने भएको छ। 


प्रकाशित : शुक्रबार, चैत १० २०७९१३:४५

प्रतिक्रिया दिनुहोस
कार्यकारी सम्पादक

केदार दाहाल

सूचना तथा प्रसारण विभाग दर्ता नम्बर

२८३८/०७८-७९

© 2024 All right reserved to biznessnews.com  | Site By : SobizTrend