आइतबार, वैशाख १६ गते २०८१    
images
images
images
images

ग्लोबल आईएमई बैंकको मण्डला चित्रांकित क्यालेन्डर सार्वजनिक

images
images
images
ग्लोबल आईएमई बैंकको मण्डला चित्रांकित क्यालेन्डर सार्वजनिक

हरेक वर्ष आफ्नो क्यालेन्डरमा स्थानीय कला, संस्कृति र परम्पराको प्रवर्द्धनलाई प्राथमिकता दिँदै आएको बैंकले यस वर्षको क्यालेन्डरमा मण्डला चित्रकलालाई समावेश गरेको छ।

images
images

काठमाडौं- ग्लोबल आईएमई बैंक लिमिटेडले विसं. २०८० को क्यालेन्डर सार्वजनिक गरेको छ। 

images
images
images

शुक्रबार आयोजित एक कार्यक्रमबीच नेपाल उद्योग वाणिज्य महासंघका वरिष्ठ उपाध्यक्ष तथा बैंक सञ्चालक समितिका अध्यक्ष चन्द्रप्रसाद ढकाल, बैंकका सञ्चालकहरु रामबहादुर भण्डारी, मदनलाल जोशी र देवेन्द्रप्रताप शाह, प्रमुख कार्यकारी अधिकृत रत्नराज बज्राचार्य तथा मण्डला चित्र कलाकारद्वय भाइराजा शाक्य र ङवाङ लामाले संयुक्तरुपमा उक्त क्यालेन्डर सार्वजनिक गरेका हुन्।  

images

हरेक वर्ष आफ्नो क्यालेन्डरमा स्थानीय कला, संस्कृति र परम्पराको प्रवर्द्धनलाई प्राथमिकता दिँदै आएको बैंकले यस वर्षको क्यालेन्डरमा मण्डला चित्रकलालाई समावेश गरेको छ।

images

कार्यक्रममा बोल्दै बैंकका अध्यक्ष ढकालले नयाँ क्यालेन्डरमार्फत मण्डला चित्रकला प्रवर्द्धन तथा कलाकारको सम्मानमा योगदान पुग्नसक्ने बताए। मुलुकभित्रका मौलिक तर प्रचार हुन नसकेको संस्कृति फैलाउने अभियानमा ग्लोबल आईएमई बैंक स्थापनाकालदेखि नै सक्रिय रहेको उल्लेख गर्दै उनले आगामी दिनमा पनि लोक, कला, संस्कृति र कलाकारलाई प्रवर्द्धन गर्न  बैंक प्रतिबद्ध रहेको बताए। 

images
images

चित्रकलामा दुई दशकदेखि सक्रिय कलाकारद्वय भाइराजा शाक्य र ङवाङ लामाले तयार पारेको मण्डला चित्रकलालाई क्यालेन्डरमा समाविष्ट गरिएको बैंकका प्रमुख कार्यकारी अधिकृत बज्राचार्यले बताए। नेपालको मौलिक मण्डला चित्रहरुलाई मुलुकभर क्यालेन्डरमार्फत फैलाउने तथा कलाकारको योगदानलाई सम्मान गर्ने आफूहरुको प्रयास रहेको उनको भनाइ थियो। 

images

प्रकाशित : शुक्रबार, चैत १० २०७९०८:०५

प्रतिक्रिया दिनुहोस