बिहीबार , असार ३२ गते २०८३    
बिहीबार , असार ३२ २०८३

३ हेलिकप्टर कम्पनीका ३ पाइलटलाई उडानमा प्रतिबन्ध, कसको के गल्ती?

बिहीबार , चैत ९ २०७९
३ हेलिकप्टर कम्पनीका ३ पाइलटलाई उडानमा प्रतिबन्ध, कसको के गल्ती?

काठमाडौं- नेपाल नागरिक उड्डयन प्राधिकरणले ३ वटा हेलिकप्टर कम्पनीका ३ जना पाइलटलाई उडानमा प्रतिबन्ध लगाएको छ। प्राधिकरणले फिस्टेल, एयर डाइनेष्ट्रिक र अन्नपूर्ण हेलिकप्टरका १-१ जना पाइलटलाई उडानमा प्रतिबन्ध लगाएको हो।

एयर डाइनेष्ट्रिक र फिस्टेल हेलिकप्टर कम्पनीका पाइलटले पोखरामा प्याराल्लाइडिङ क्षेत्रमा प्रेवश गरेको भन्दै कारबाही गरेको प्राधिकरणले जनाएको छ।

यसैगरी अन्नपूर्णका पाइलटले भने लुक्ला लगायतका विमानस्थलको टावरसँग कुनै सूचना नदिइ हेलिकप्टर ल्याण्ड गरेको भन्दै उडानमा प्रतिबन्ध लगाएको हो।


प्रकाशित : बिहीबार , चैत ९ २०७९१५:१३

प्रतिक्रिया दिनुहोस
कार्यकारी सम्पादक

केदार दाहाल

सूचना तथा प्रसारण विभाग दर्ता नम्बर

२८३८/०७८-७९

© 2026 All right reserved to biznessnews.com  | Site By : SobizTrend